कर्मचारी दंग परें, उमेर हद ६० वर्ष – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

कर्मचारी दंग परें, उमेर हद ६० वर्ष

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाएर ६० पुर्याउने गरी विधेयकमा सहमती गरेको छ ।

समितिको कात्तिक २८ गते विहीबार बसेको बैठकले संघीय निजामती सेवा विधेयकमाथि भएको दफाबार छलफलको क्रममा निजामती कर्मचारीको उमेर हद बढाउने सहमति गरेको हो ।

निजामती कर्मचारीको उमेर हद यसअघि ५८ वर्ष निर्धारण भएको थियो । अनिवार्य अवकाशको उमेर हद ५८ वर्षबाट बढाउन निजामती कर्मचारीहरुले सरकार र संसदलाई वारम्वार दबाब दिँदै आएका थिए । तर कार्यान्वयन भएको थिएन ।

समितिको सिंहदरवारमा बसेको बैठकले विधेयकमा उमेर हदका विषयमा सहमति भएपछि विधेयक आगामी संसदको हिँउदे अधिवेशनबाट पारित भइ लालमोहर लागेमा कर्मचारीको अवकासको उमेर हद बढ्ने निश्चित भएको हो ।

विधेयक यसै वर्ष २०७६ सालमा पारित भए पनि २०१८ सालमा जन्म भएका कर्मचारीको हकमा ६० वर्षे उमेर हद आकर्षित हुँदैन । त्यसका लागि २०२१ सालपछि जन्म भएका सबै कर्मचारीको हकमा मात्र अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्नेमा सहमति भएको हो ।

समिति सदस्य समेत रहेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६५ वर्ष राख्न प्रस्ताव गरेका थिए । सुवालले न्यायाधीश, प्राध्यापक, संवैधानिक अंगका पदाधिकारीको अनिवार्य अवकाश पाउने उमेर ६५ वर्ष तोकिएकाले कर्मचारीको अनिवार्य अवकाशको उमेर हद पनि ६० वर्ष नै राख्नु पर्ने सुझाव दिएका थिए ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७६ मंसिर २, ०६: १३

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ मंसिर २, ०६: १३

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ मंसिर २, ०६: १३

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...