मतदानको बेला भात र पैसा बाँडियो – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

मतदानको बेला भात र पैसा बाँडियो

बुटवल । अर्घाखाँची जिल्लाको मालारानीको खनदहमा उपनिर्वाचन सुरक्षा तथा व्यवस्थापन कमजोर हुँदा मतदानका लागि बिहान ७ बजेबाट सुरु भएको मतदानमा लाइनमा बसेका मतदातालाई भातको कुपन बाँडिएको छ । मतदान स्थलमा गएका पत्रकारहरुले आचारसंहिता विपरित मतदानस्थलमै मत माग्दै भातको कुपन बाँडिएको देखेका थिए ।

लाईनमै बसेका मतदातालाई भातको कुपन बाँड्दा पनि सुरक्षाकर्मी मौन रहेका थिए । आचारसंहिता विपरित काम भएकोमा केहि मतदाताले विरोध जनाए पनि प्रहरीले सत्तारुढ नेकपाकै कार्यकर्ताको पक्ष लिएका थिए । नेकपाका नेताहरू अघिल्लो रात विहीबारसम्म चामल बाड्ने काम गरेका थिए । ३ हजार ३० मतदाता रहेको उक्त वडामा नेकपाका यमलाल खनाल र कांग्रेसका शोभाखर खनालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि सोही वडामा अहिले उपनिर्वाचन भएको हो । यसैगरी चुनावी आचारसंहिता बिपरित कार्यगरेको भन्दै प्रहरीले नेकपाका दुईजना कार्यकर्तालाई लमजुङको सुन्दरबजारको परेवाडाँडास्थित कुमाल
गाउँबाट नियन्त्रणमा लिएको छ ।

नेकपाका कार्यकर्ता नारायण कुमाल र सुवास श्रेष्ठलाई ईलाका प्रहरी कार्यलय सुन्दरबजारले नियन्त्रणमा लिएको हो । मौन अबधिमा स्थानियको घर घरमा गई पैसा बाड्न खोजेको र नेकपामा भोट नदिए भौतिक आक्रमण गर्ने धम्कि दिएको गुनासो प्रहरीकहाँ पुगेपछि प्रहरीले गस्ति गरिरहेको थियो । गस्तीकै क्रममा उनीहरू नियन्त्रणमा परेको प्रहरीले जनाएको छ ।

त्यस्तै कास्की २ मा प्रतिनिधि सभाको उपनिर्वाचनको मतदान हुँदै गर्दा पोखराको नभ प्रभात माबिमा बम विष्फोट भएको छ । पोखरा महानगरपालिका ९ मा रहेको नभप्रभात माविमा बम विष्फोट भएको थियो । विष्फोटले मैदानमा खाल्डो नै परेको थियो । विष्फोटपछि करिव २० मिनेटसम्म रोकिएको मतदान पुन चालु भएको थियो ।

शुक्रबार मात्रै सुरक्षाकै कारण जनाउँदै डीएसपीको सरुवा गरे पनि जिल्ला प्रशासन कार्यालयको बन्दोबस्ती तथा कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ । कास्की क्षेत्र नं २ को क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको थियो ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७६ मंसिर १६, ०७: २४

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७६ मंसिर १६, ०७: २४

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ मंसिर १६, ०७: २४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...