
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विगत ५ महिनादेखि मिर्गौलामा देखिएको समस्याका कारण अधिकांस समय उपचारमै बिताएका छन् । गत साउनमा सिंगापुरमा स्वास्थ्य परिक्षणमा गएपछि लगातार उपचार गराइए रहेका प्रधानमन्त्री ओलीको पछिल्ला दिनमा नियमित रुपमा डायलसिस गर्नु परेको छ ।
प्रधानमन्त्री ओलीका विश्वास पात्रको रुपमा चिनिएका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रा.अरुण सायमीले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सु्झाव र दवाव दिएका छन् । डा. सायमी, प्रधानमन्त्री पत्नी राधिका शाक्य र प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहको सल्लाहमा प्रधानमन्त्री ओलीलाई जनवरी महिना भित्रै संयुक्त राज्य अमेरिका वा सिंगापुर लैजाने विषयमा सहमति भएको छ ।
प्रधानमन्त्री ओलीको नियमित डायलसिस गर्नु पर्दा रगतका कारण शरिरका अन्य अंगमा समेत इम्फेक्सन पर्न सक्ने भन्दै चिकित्सकहरुले चाँडो भन्दा चाँडो मिर्गौला प्रत्यारोणको लागि सल्लाह दिएका हुन् ।
पारिवारिक स्रोतका अनुसार ओलीलाई मंसिरमा विदेश लैजाने योजना थियो । तर, मंसिर १० गते एक्कासी पेट दुखेर मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटको उपचार गरिएको थियो ।
एपेन्डीसाइटको उपचार गर्दा १० दिन अस्पतालमा बसेका प्रधानमन्त्री ओलीलाई अझै एक साता आराम गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । चिकित्सकहरुको निगरानीमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा उपचार गराईरहेका ओलीलाई मिर्गौला दिनको लागि उनका भाञ्जा संयुक्त राज्य अमेरिकाबाट आएका थिए ।
उनको मिर्गौलाको समेत परिक्षण भइसकेको छ । प्रधानमन्त्रीलाई मिर्गौला दिन एकजना भाञ्जी पनि तयार भएको स्रोतले जनायो । एपेन्डीसाइटिसको कारण ओलीको मिर्गौला प्रत्यारोपणको मिति पछि सरेको हो । पहिले अत्यावश्यक नभए पनि सहजताको लागि हेमो डायलसिस गरिए पनि हाल उनको हप्तामा दुई पटक डायलसिस गरिँदै आएको छ ।
पहिलेको भन्दा मृर्गौलाले काम कम गर्ने हो कि भन्ने आशंकामा चिकित्सकहरुले एपेण्डिसाइटिसको शल्यक्रियाको घाउ निको हुने वित्तिकै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको मिति निर्धारण हुने पारिवारिक स्रोतले जनायो ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...