
काठमाडौं । पछिल्लो एक दशममा प्रभाव, दबाब, चर्चा र आलोचना खेप्दै आएको प्रभावशाली आमसंचार माध्यम अनलाईन समाचार पोर्टल चहार्ने पत्रकारको ताँती लागेको छ ।
विगत दुई दशकदेखि कान्तिपुर पब्लिकेसन्सको साप्ताहि समाचार पत्र र नारी अखबारको सम्पादकीय नेतृत्व लिएका पत्रकार सुवास ढकाल मंसिरदेखि कान्तिपुर पब्लिकेसन्सबाट विदा भएका छन् ।
पाँच महिनाअघि मात्र नयाँ साजसज्जा, व्यवस्थापन र उदेश्यसहित आएको नेपाल न्युज डटकमका सम्पादकसहित आधा दर्जन पत्रकारले अनलाईन छाडेका छन् ।
व्यवस्थापन पक्षसँग असन्तुष्ट बनेका सम्पादक सुन्दर खनालसहित पत्रकारहरु दिपक दाहाल, असोक अधिकारी, गजेन्द्र बोहोरा शुशिल भट्टराईले राजिनामा दिएका छन् ।
हेल्थ सम्वन्धी अनलाइन चलाइ आएका दाहाललाई दुई ठाउँमा काम गर्न दिन नहुने व्यवस्थापन पक्षको सुझावलाई सम्पादक सुन्दर खनालले अस्विकार गरेपछि खटपट शुरु भएको थियो ।
त्यस्तै, नयाँ पत्रिका दैनिकको फिचर डेक्स हेर्दै आएका मधुसुदन भट्टराईले पनि नयाँ पत्रिका छोडेका छन् ।
अजयराज सुमार्गीको लगानी रहेको थाहा खबर डटकमका रिपोर्टर जयसिंह महरा, अन्नपूर्ण अनलाईनका रवीराज बराल पनि इकान्तिपुर डटकम गएका छन् । कान्तिपुर पव्लिकेसन्सले अनलाईनलाई प्रभावकारी मिडियाको रुपमा बिकास गर्ने उदेश्यले जनशक्ति थप्न थालेको बताइएको छ ।
यता ऋषी धमलाका हर्ताकर्ता रहेको प्राइम टेलिभिजनमा समाचार सम्पादन हेर्ने गरी लगिएका अर्जुन खड्का काम गर्न नसकेर नयाँ मिडियाको खोजीमा भौतारिन थालेका छन् ।
उनले अनौपचारिक रुपमा नेपाल फ्लास डटकमलाई संचालन गरिरहेका छन् । कुनै बेला थाहा खबर डटकममै कार्यरत घनेन्द्र ओझा शीलापत्र डटकममा गएका छन् ।
थाहाखबर डटकमबाट नागरिक न्युज डटकममा तीन महिना काम गरेर अन्नपूर्ण अनलाइनमा आएका झापाका चिरन घिमिरेले पनि अन्नपूर्ण छाडेका छन् । उनलाई नयाँ पत्रिका दैनिकले मासिक तलब दिने गरी झापास्थित ब्युरो प्रमुख बनाएर पठाएको छ । यता अन्नपूर्ण दैनिकमा पनि हरिबहादुर थापालाई हटाउन विकास थापा कम्मर कसेर लागेको स्रोतले बताएको छ ।
नागरिक दैनिक छोडेर ६ महिना जति त्यतिकै बसेका राजाराम गौतम कान्तिपुर पब्लिकेसन्स गएका छन् । उनी त्यहाँ गएसँगै कान्तिपुरमा बलराम बानियाँहरु त्रसित बनेका छन् ।
अन्नपूर्णमा हरिबहादुर र विकास थापाको झगडाको फाइदा अखण्ड भण्डारीले लिने तयारीमा रहेको बुझिएको छ । उनलाई अन्नपूर्ण दैनिकको सम्पादक बनाउन खोजिएको छ ।
६ महिनाअघि मात्र नेपाल समयबाट अन्नपूर्ण पोष्टको अनलाइनमा समाचार सम्पादक भएर गएका विष्णु सुवेदीले भने संचालक क्याप्टेन थापाको मन जितेको चर्चा अन्नपूर्णतिर चलेको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...