नेपाल 5P Expo-2019 भृकुटी मण्डपमा भव्य रुपमा सम्पन्न – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

नेपाल 5P Expo-2019 भृकुटी मण्डपमा भव्य रुपमा सम्पन्न

काठमाडौं । भारतीय राजदूत मन्जिभ सिंह पुरी, आयोजकका तर्फबाट प्रेम अन्भेसी, उद्योग वाणिज्य महासंघ ३ नं. प्रदेशका संयोजक दिनेश श्रेष्ठ, नेपाल मुद्रण उद्योग संघका उपाध्यक्ष रिता ढकाल लगायत भारतीय प्लाष्टिक तथा मेसिनरी उद्योगपतिहरुले संयुक्त रुपमा नेपाल 5P, (प्लाष्टिक प्रिन्टिङ्ग, प्याकेजिङ्ग, पेपर, प्रोसेसिङ्ग)को संयुक्त उद्घाटन पश्चात् तीन दिनसम्म प्रदर्शनी 5P Expo-2019 सञ्चालन भएको थियो ।

यही २०७६ पौष ४ गतेदेखि ६ गतेसम्म प्रदर्शन भएको उक्त Expo मा १०५ वटा कम्पनीहरुले भाग लिएको नेपाल मुद्रण उद्योग संघका महासचिव अजयबादे श्रेष्ठले नयाँ बिकल्प साप्ताहिकलाई बताए ।

नेपालको मुद्रण उद्योगमा नयाँ प्रविधिको विस्तारका लागि यो प्रदर्शनीले नेपाली मुद्रण उद्योगीलाई थप प्रोत्साहन मिलेको भारतीय 5P निर्माता कम्पनीले बताइएको छ ।

तीन दिनसम्म चलेको उक्त 5P Expoमा व्यवसायी लगायत दश हजार भन्दा बढी व्यक्तिहरुले अवलोकन गरेको मुद्रण संघका अध्यक्ष शंकर कुमार खड्काले बताए ।

सम्बन्धित समाचार

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७६ पुष ७, ०७: ४८

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...

सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७६ पुष ७, ०७: ४८

काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
  • २०७६ पुष ७, ०७: ४८

काठमाडौँ : गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । आज गृहमन्त्री सुधन गुरुङले...