राष्ट्रपतिको सक्रियाताप्रति नेकपामै विवाद – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

राष्ट्रपतिको सक्रियाताप्रति नेकपामै विवाद

काठमाडौं । संवैधानिक राष्ट्रप्रमुखको हैसियत भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधि, क्रियाकलाप र सक्रियाताले धेरैलाई शंका उब्जाएको छ । उनको सक्रियातले उनलाई संवैधानिक राष्ट्रपति भन्दा पनि कार्यकारी राष्ट्रपतिको झल्को दिने गरेको छ ।

तत्कालिन नेकपा एमालेको तर्फबाट सामानुपातिक सांसदको हैसियतले प्रतिनिधिसभाको उपसभामुख भएको डा.शीवमायाँ तुम्वाहाम्फेलाई पार्टीले पदबाट राजिनामा दिन भनेर गरेको निर्देशन समेत राष्ट्रपति विद्यादेवी भण्डारीको आड र भरोसमा नटेरेपछि राष्ट्रपतिको प्रभाव पार्टीमा कति रहेछ भन्ने देखिएको हो ।

यहाँसम्मकी उनले आफ्नै कोटाबाट राष्ट्रिय सभा सदस्यमा डा. विमला राई पौडेललाई सांसद बनाउने काम गरेकी थिइन भने प्रदेश नं १ मा तत्कालिन एमालेका सचिव समेत रहेका भिम आचार्यलाई बाईपास गरेर शेरधन राईलाई मुख्यमन्त्री बनाइएको थियो । राई राष्ट्रपति भण्डारीका विश्वास पात्र हुन् ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नु पर्ने तीन सांसदलाई सपथ नखुवाएर संविधानको उल्लंघन गरेको भन्दै विवादमा पर्दै आएकी थिइन् । उनले प्रधानमन्त्री केपी ओली भएपछि उनको सिफारिस बमोजित तीन सांसद नियुक्त गरेकी थिइन् ।

एउटा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई लत्याउने र अर्को मन्त्रीपरिषद्ले गरेको निर्णयलाई २४ घण्टा नपुग्दै कार्यान्वयन गर्ने शैलीले राष्ट्रपतिलाई त्यसैबेला आलोचनामा होमेको थियो ।

सत्तारुढ नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी वाँडफाँट गर्दा समेत राष्ट्रपति विद्यादेवी भण्डारी साँक्षी बसेको चर्चा चलेको थियो । उनकै रोहबरमा दाहाल नेकपाको कार्यकारी अध्यक्ष भएको स्रोतको दाबी छ ।

शुक्रबार मात्र राष्ट्रपति भण्डारीले मुख्य मन्त्री, मन्त्रीहरू र सत्तारुढ नेकपाको स्थायी कमिटीमा रहेका नेताहरूलाई भेटेर गफ दिएकी थिइन् । नेकपाको स्थायी कमिटी बैठक चलिरहेको बेला राष्ट्रपति भण्डारीले मन्त्री र नेताहरूलाई निवासमा बोलाएर राजनीतिक र आर्थिक विषयमा छलफल गरेकी थिइन् ।

ओली नेतृत्वको सरकारका मन्त्रीहरू प्रदीप ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, शक्ति बस्नेत र युवराज खतिवडालाई राष्ट्रपति भण्डारीले नेकपाको स्थायी कमिटी बैठक चलिरहेको बेला शितल निवास बोलाएको स्रोतको दाबी छ । बैठकमा राष्ट्रपतिका प्रिय पात्र नेकपाको स्थायी समिति सदस्य प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पनि निवासमा बोलाएकी थिइन् ।

राजनीतिक दल विशेष नेतालाई राष्ट्रपति निवास शितल निवासमा बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले बिबादस्पद र हस्तक्षेप गरेको नेकपा स्थायी समितिका सदस्य भिम रावलले पार्टी भित्रै कुरा उठाएका थिए ।

राष्ट्रपति भण्डारीले नेकपाका स्थायी समिति सदस्यरू देव गुरुङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकारसमेत रहेका विष्णु रिमाललसहितका नेताहरूलाई बोलाएर मुलुकको आर्थिक र समसायिक विषयमा छलफल गरेको बताइएको छ ।

स्थायी समितिको बैठक छोडेर पार्टीका नेताहरु एकपछि अर्को गर्दै सहभागी नेताहरु वाहिरिएपछि बैठको अध्यक्षता गरिरहेका पुष्पकमल दाहाल पनि छक्क परेका थिए । उनीहिरु सबै राष्ट्रपति भण्डारीलाई भेट्न गएका थिए । कतिपय नेताहरु ढिलोगरी बैठकमा पुगेपछि नेताहरुले कारण सोधेका थिजए । पछि थाहा भयो कि राष्ट्रपतिले नेकपाका नेताहरुलाई बोलाएकी रहिछन् ।

बैठकमा ढिलो आउने स्थायी समितिका सदस्यहरूलाई अध्यक्ष दाहालले किन ढिलो आएको भनेर प्रश्न सोधेपछि उनीहरु राष्ट्रपति भेट्न गएको बैठकको अध्यक्षता गर्ने अध्यक्षले थाहा पाएका थिए ।

भेटमा राष्ट्रपतिले राजनीतिक कुरा नगरेपनि बौद्धिक नेता भनेर बोलाएको र आफ्नो कार्यकाल ३ वर्षमात्रै बाँकी रहेको स्मरण गराउँदै मुलुकको समसामयिक गतिविधिबारे चासोपछि सहभागीमध्ये ४ जनाले धारणा राखेका थिए राष्ट्रपति कार्यालयमा नेकपाका नेता र मन्त्रीहरुले २ घण्टासम्म छलफल गरेका थिए ।

यसअघि राष्ट्रपतिले कुनै एउटै दलका नेतालाई सामूहिक रुपमा भेटेको यो पहिलो घटना हो । राष्ट्रपतिले राजनीतिक दलका नेतालाई भेट्दा सामूहिक वा सर्वदलिय प्रतिनिधित्व गरिएको बैठकमा सहभागी हुने गरेकी थिइन् ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ पुष ७, ०७: ५३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७६ पुष ७, ०७: ५३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७६ पुष ७, ०७: ५३

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...