यी हुन, राष्ट्रियसभा सदस्य निर्वाचनका मतदानस्थल – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

यी हुन, राष्ट्रियसभा सदस्य निर्वाचनका मतदानस्थल

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात वटै प्रदेशमा मतादान स्थल तोकेको छ । आयोगका अनुसार प्रदेश नं. १ मा मतदाताको लागि बिराटनगर महानगरपालिकास्थित बीरेन्द्र सभागृहमा मतदानस्थल तोकिएको छ । यो केन्द्रमा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी तीन सय ६७ जना मतदाता रहेका छन् ।

प्रदेश नं. २ का मतदाताका लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृती भवनमा मतदान स्थल तोकिएको छ । सो केन्द्रमा प्रदेशसभा सदस्य एक सय सात र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय ७२ गरी तीन सय ७९ जना मतदाता छन् ।

प्रदेश नं. ३ का मतदाताका लागि ललितपुर महानगरपालिकाको वडा समितिको भवनलाई मतदान स्थल तोकिएको छ । सो केन्द्रमा प्रदेशसभा सदस्य एक सय १० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ मतदाता रहेका छन् ।

गण्डकी प्रदेशका मतदाताका लागि कास्कीको जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान स्थल तोकिएको छ । सो केन्द्रमा प्रदेशसभा सदस्य ६० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख एक सय ७० गरी दुई सय ३० मतदाता छन् ।

प्रदेश नं. ५ का मतदाताका लागि घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनलाई मतदान स्थल तोकिएको छ । सो केन्द्रमा प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय १८ गरी तीन सय पाँच मतदाता छन् ।

कर्णाली प्रदेशका मतदाताका लागि बीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालय परिसरको भवनलाई मतदान स्थल तोकिएको छ । सो केन्द्रमा प्रदेशसभा सदस्य ४० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख एक सय ५८ गरी एक सय ९८ मतदाता छन् ।

सुदूर पश्चिम प्रदेशका मतदाताका लागि सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्ति नारायण उच्च माविमा मतदान स्थल तोकिएको छ । सो केन्द्रमा प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक सय ७६ गरी दुई सय २९ मतदाता छन् ।

सातवटा प्रदेशमा प्रदेशसभा सदस्य पाँच सय ५० र स्थानीय तहmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार पाँच सय छ गरी दुई हजार ५६ मतदाता रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन् ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७६ पुष १५, ०६: ४३

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ पुष १५, ०६: ४३

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ पुष १५, ०६: ४३

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...