१ सय २२ चिनियाँ किन पक्राउ परे ? – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

१ सय २२ चिनियाँ किन पक्राउ परे ?

काठमाडौं । नेपाल प्रहरी राजनीतिक शक्तिको छायाँ परेको भनेर आलोचना भइरहँदा प्रहरीले बिना कारण र अभियोग एक सय २२ जना चिनियाँ नागरिक गिरफ्तार गरेर छिमेकी देश चीनको अनावश्यक चाकडी र भक्तिभाव देखाएको भन्दै आलोचना हुन थालेको छ । चीन सरकारले दोषी ठहर गरेका हुन वा ठहर नगरेका हुन, विदेशी नागरिकलाई अपराध गरेको प्रमाण नभइ नेपाल प्रहरीले गिरफ्तार गर्न मिल्दैन ।

नेपालले कुनै पनि देशको नागरिक शरण परेकालाई मरण गर्न मिल्दैन । तर, आशंकाको भरमा कुनै देशको इसारामा नेपाल छिरेका चिनियाँ नागरिकलाई गिरफ्तार गरी विभिन्न बृत्त र महानगरिय प्रहरी परिषरमा राख्ने गरिएको छ ।

नेपाल र चीनबीच सुपुर्दगी सन्धी नभएको अवस्थामा कुनै अभियोग नलगाइ बिदेशी नागरिकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको घटनाबाट युरोपियन युनियन, संयुक्त राज्य अमेरिका र छिमेकी मुलुक भारतले पनि नजिकबाट नियाली रहेको छ । नेपालले चीनको स्वसाशित क्षेत्र तिब्बतबाट नेपाल छिरेको तिब्बतियन नागरिकलाई शरण दिइरहेको छ ।

नेपालका बिभिन्न भागमा तिब्बतबाट भागेर शरणार्थी शिविरमा हजारौं तिब्बती बसिररहेका छन् ।
चीन वा तिब्बतबाट आएका मानिसलाई शरणार्थी शिविरबाट निकाल्दै चीन अपराध गरेको भन्दै फिर्ता पठाउन थाल्न सक्ने आशंका कुटनीतिक क्षेत्रबाट गर्न थालिएको छ ।

प्रहरीको यस्तो क्रियाकलापले चीन र अन्य देशबाट नेपालको भ्रमण वर्षमा आउन तर्सने भएका छन् । विना कारण आशंकाको भरमा चिनियाँ नागरिकलाई प्रहरीले प्रक्राउ गर्न थालेपछि यो घटनालाई बुढी मरी भन्दा पनि काल पल्कियो भन्ने चिन्ता सर्बत्र गर्न थालिएको छ ।

चीनले नेपाली नागरिक र नेपाली भूमिसँग तिब्बती नागरिकहरुको आवात जावत र सम्वन्धलाई निको मानेको छैन् । त्यस्तै, हङकङमा भएको आन्दोलनमा समेत नेपालीमूलका नागरिकको गतिविधि बढेपछि चीन सरकारले नेपालमाथि निगरानी बढाएको हो ।

चीनले कतिपय चिनियाँ नागरिकलाई चिनियाँ सरकारको निर्देशनमा ठमेलदेखि झापासम्म विभिन्न पेशा र व्यवसायको नाममा सुराकी गर्न खटाउने गरेको छ । नेपालमा विभिन्न विकास निर्माणको कामको ठेक्का लिने र बर्षैंसम्म काम सम्पन्न नगर्ने रणनीति अँगालेको देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमक, गौरादह र कमल गाउँपालिका क्षेत्रलाई समेटेर निर्माण गरिने भनिएको क्लिन इण्डष्ट्रि पार्कमा यतिवेला चिनियाँ गतिविधि बढ्न थालेको छ । बिस्तृत अध्ययन प्रतिवेदन बिना नै रतुवा खोलाको पूर्व र पश्चिम दिशामा वाँध वाँधी दुई, दुई वटा तीन सय मिटर लामा पुलहरु निर्माण गरिरहेको छ ।

भौतिक पूर्वाधार निर्माण खासै नभए पनि चिनियाँ नागरिकहरु विभिन्न उद्योग संचालन गर्न अध्ययन गर्ने भन्दै दमक, बिर्तामोड र काकरभित्तासम्म गतिविधि गरिरहेका छन् ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७६ पुष २१, ०७: १३

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७६ पुष २१, ०७: १३

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७६ पुष २१, ०७: १३

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...