सूचना प्रविधि विधेयकमा महासंघ किन मौन – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

सूचना प्रविधि विधेयकमा महासंघ किन मौन

काठमाडौं । सरकारले सत्ताको आलोचना गर्ने, टिप्पणी गर्ने वा विरोध गर्ने जो कोहीलाई ठेगान लगाउने उदेश्यले प्रेस स्वतन्त्रतालाई नै कुण्ठित हुने उदेश्यले ल्याएको सूचना प्रविधि विधेयकको सर्बत्र आलोचना र टिप्पणी हुन थालेको छ ।

संसदीय समितिले विधेयक पारित गर्दा नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लाग्ने र सरकार निरंकुसतातर्फ अघि बढ्ने कानूनी बाटो खुल्ने विपक्षी नेपाली कांग्रेसदेखि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले समेत विरोध गर्न थालेका छन् ।

संसदमा बहुमत छ भन्दैमा जस्तोसुकै विधेयक पारित गर्न सकिन्छ भन्ने नजिर स्थापित गरेको र यसले सरकारलाई एकाधिकारबादी र सर्वसत्तावादतर्फ जाने आशंका व्यक्त गरेका छन् ।
विधेयकको दफा ८३, ८८, ९२ र ९६ मा रहेको दण्ड, सजायको प्रावधान फौजदारी आचारसंहितासँग बाझिएको छ । यो दण्ड सजायको प्रावधान बलात्कार गर्न खोज्नेलाई भन्दा पनि फेसबुकमा जिस्काउनेलाई सजाय बढी गर्न खोजेको छ ।

यो विधेयक जस्ताको तस्तै पारित भएमा नागरिकको आफ्नो कुरा लेख्नु वा भन्नु अगाडि सेल्फ सेन्सर गर्ने देखिन्छ । सूचना प्रविधि विधेयकले राखेको केही बाध्यकारी र अति नै दण्ड सजाय तोक्दा प्रत्यक्ष र बढी प्रभावित हुने संचारकर्मीको सम्वन्धनमा सरोकार राख्ने नेपाल पत्रकार महासंघ समेत मौन जस्तै बसेको छ ।

नेपाल पत्रकार महासंघ के हेरेर बसेको छ भन्दै धेरै संचारकर्मीहरुले यतिवेला प्रश्न गर्न थालेका छन् । नागरिकको वाच डगको भूमिकामा रहनु पर्ने पत्रकारहरुको साझा संगठन महासंघ बेफुर्सदी भएर हो वा बेवास्था गरेर हो चुपचाप जस्तै छ ।

नेपाल पत्रकार महासंघमा समेत सूचना प्रविधि विधेयकलाई लिएर दुई धार देखिएपछि महामसंघ किंकर्तब्यविमुड जस्तै भएको छ । महासंघले संस्थागत रुपमा विधेयकले संचारकर्मीलाई पार्ने प्रभावका विषयमा जति बोल्नु पर्ने हो, बोलेको छैन् ।

नेकपाका नेता तथा पूर्वमन्त्री रघुजी पन्तले संविधानमा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता राख्न आफूहरुले लडेको भन्दै सूचना प्रविधि विधेयकका केही प्रावधान नियन्त्रणकारी भएकोमा आपत्ति समेत जनाएका छन् । नेपाल बार एशोसिएनका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सरकारले ल्याउन खोजेको सूचना प्रविधि विद्येयक पास हुनेबित्तिकै वर्तमान सरकारको पतनको सुरुवात हुने ठोकुवा गरेका छन् । केसीले विद्येयकका दफा ९५, ९६ र ११५ मा रहेको सजाय तथा कसुरको प्रावधान नै आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

विद्येयकमा व्यवस्था गरिएको तीन सदस्य अदालत गठन संवैधानिक मुल्य र मान्यता विपरित रहेको छ । उनले विद्येयकले संविधानको हनन गरेको र स्वतन्त्र प्रेसलाई कुण्ठित गरेको बताए । देशमा फौजदारी संहिता, विद्युतीय कारोबार ऐन हुँदा हुँदै सरकारले विद्यूतीय कारोबार विधेयक ल्याउनु नागरिकलाई दुख दिने उदेश्य मात्र रहेको देखिन्छ ।

बरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्ण बहादुर कार्कीले सूचना प्रविधि विद्येयक हुबहु पारित भए नेपालको ईतिहासमा यो कालो कानूनको रुपमा दर्ज हुने बताएका छन् । उनले उक्त विद्येयक ल्याउनुपुर्व सरोकारवाला पक्षसँग छलफलनै नगरिएको गुनासो राखेका थिए ।

कार्कीले एउटै कुरा रेडियो र टिभीमा लेख्दा गाली बेईज्जति मुद्दा दर्ता हुने र त्यही कुरा सोसल मिडियामा लेख्दा ५ वर्ष जेल र १५ लाखसम्म जरिवाना गर्ने कुरा विद्येयकमा ल्याउनु गतल मनसाय भएको भन्दै आपत्ति जनाए । वर्तमान सरकारले आफ्नो ठूला ठूलो भ्रष्टाचारका कर्तुत जनताले थाहा नपाउन् भन्ने उद्देश्यले यो विद्येयक ल्याउन लागेको उनले गम्भिर आरोप लगाए । उनले यो विधेयक सरकारले आफ्नो भ्रष्टाचार पर्दाफास नहोस भन्ने उद्देश्य ल्याएको ठोकुवा गरे ।

प्राध्यापक डा. सुरेन्द्र केसीले विद्येयकको विरुद्धमा नेपाल पत्रकार महासंघ किन नबोलेको भन्दै प्रश्न गरेका छन् । उनले सरकारले सामाजिक सञ्जाललाई बन्द गराउने उदेश्यले विधेयक आएको भन्दै युट्युवलगायतका सामाजिक मिडियामा देशका युवा जनशक्ति आफ्नो बलबुताले लागिपरेको सुनाए ।

उनले सरकार अधिनायकवादी बाटोमा हिँड्न खोजेको आरोप लगाउँदै देशको शासकीय प्रवृत्ति यति काण्ड, बालुवाटार जग्गा काण्ड, अष्ट्रेलिया आफैं पीडा र वेदनामा रहेको पर्यटनमन्त्री योगेश भट्टराई त्यहाँ गएर जुलुश निकाल्दा मिडियाबाट घातक हमला भएको घट्ना सुनाउँदै सरकारले यस्तै खालका आलोचना रोक्नको लागि विद्येयक ल्याउन खोजेको आरोप लगाए ।

यसैगरी पत्रकार महासंघले आयोजनामा सरोकारवाला पक्षसँग भएको छलफलमा पनि अधिकांशले उक्त विधेयकको बारेमा सरकार पछि हट्नुपर्ने बताए । तर महासंघभित्रै विधेयकका बारेमा अघि बढ्ने कि नबढ्ने भन्ने विषयमा विवाद बढ्दै गएको एक केन्द्रीय सदस्यले बताए ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७६ पुष २८, ०७: ०४

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७६ पुष २८, ०७: ०४

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७६ पुष २८, ०७: ०४

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...