
काठमाडौं । राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीको पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालका करिब दुई बर्ष विज्ञ सल्लाहकारका हैसियतमा जिम्मेवारी सम्हालेका सुशील प्याकुरेलले पदबाट राजिनामा दिएका छन् ।
सामजिक न्याय र लोकतन्त्रका लागि विगत साढे चार दशकदेखि आफू समर्पित भएको व्यक्तिका हैसियतमा काम गरेको दाबी गर्दै प्याकुरेलले कानूनी सर्वोच्चताकोलागि आफू सँधै समर्पित व्यक्ति भएको दाबी गरेका छन् । उनले राजिनामाको स्पस्ट कारण केही नखुलाए पनि सामाजिक न्याय । कानूनी राजको लागि आफू लडि आएको व्यक्ति भएको दाबी बारम्बार गरेका छन् ।
उनको यो दाबी न्यायको लागि अर्जुन लामाको हत्याका दोषीलाई सजाय दिलाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेको पिषयलाई आकर्षित गरेको छ । प्याकुरेलले नै तत्कालिन नेकपा माओवादीका सांसद तथा हाल नेकपाका सांसद भएका अग्नीप्रसाद सापकोटाका बिरद्ध कर्तब्य ज्यानमा सजाय दिन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
सुशील प्याकुरेलले जसका बिरुद्ध रिट दिए उनै व्यक्ति सभामुख जस्तै संवैधानिक परिषद्को सदस्यको हैसियतमा पुग्ने भएपछि नैतिकताको आधारमा पदबाट राजिनामा दिएको धेरैको बुझाई छ । सापकोटा बिरुद्ध उनै प्याकुरेलले दायर गरेको रिट निवेदन र तत्कालिन न्यायमूर्तीको आदेश कार्यान्वयन गर्न माग गर्दै अर्को रिट शुक्रबार परेपछि प्याकुरेलले प्रतिवादी बनेका व्यक्तिलाई सभामुख मान्न तयार नभएर राजिनामा दिएको बुझिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...