
काठमाडौं । विदेशी पाईलटको तुलनामा आफूहरुलाई चरम विभेद गरी अबमुल्यन गरेको भन्दै नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सका २५ जना पाईलटहरुले एकै पटक राजिनामा दिँदा मुलुकको पर्यटन व्यवसायलाई गम्भिर असर परेको छ । नेपाल एयरलाइन्सको व्यवस्थापन कमजोर हुनु, राजनीतिक हस्तक्षेपले निरिह बन्नु र आर्थिक प्रलोभन र कमिसनको चक्करमा रुमलिनुका कारण दिन प्रतिदिन आफ्नो साख गिराउँदै गएको नेपाल एयरलाइन्सको भविश्य झन अन्धकारमा फसेको छ ।
नेपाली पाइलटको सेवा सुविधा विदेशी पाइलटको तुलनामा निकै न्युन तोकेर चरम विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका पाइलटहरूले सामूहिक राजीनामा दिएका हुन् । नेपाल भ्रमण वर्ष २०२० चलिरहेका बेला पाइलटहरूले तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएपछि सरकारको प्राथमिकतामा रहेको नेपाल भ्रमण वर्ष २०२० नराम्ररी प्रभावित हुने देखिन्छ ।
व्यवस्थापनले नेपाली स्थायी कर्मचारीलाई बढी काममा लगाउने तर सेवा सुविधा भने विदेशीलाई धेरै दिने गरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् । विदेशी पाइलटले महिनामा ४६ घन्टा मात्र जहाज उडाउँछन भने हप्तामा दुई दिन छुट्टी पाउँछन् । उनीहरूले १५ लाख मासिक तलब पाउँछन । तर, नेपाली स्थायी पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने र हप्तामा १ दिन मात्र बिदा पाउने गरेका छन् ।
तीन महिनाभित्र आफ्ना माग सम्बोधन नगरे सबै विमान ग्राउण्डेड हुने उनीहरूको चेतावनी समेत दिएका छन् । एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जना नेपाली पाइलटले राजीनामा दिएका हुन् । पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिना वितिसक्दा पनि नेकपाका युवा नेता योगेश भट्टराईले उल्लेखनीय नीतिगत निर्णय केही गर्न सकेका छैनन् ।
पूर्वमन्त्री स्वर्गीय रविन्द्र अधिकारीले अघि बढाएका नीति र शैलीलाई नै निरन्तरता दिएका मन्त्री भट्टराईले आफूले घोषणा गरे बमोजिम मंसिर भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थल निजगढको शिलान्यास गर्ने योजना दुई महिना बित्न लाग्दा समेत भएको छैन् । नेपाल एयरलाइन्सलाई सुधार गर्न कुनै पनि नीति वा निर्देशन दिन नसकेका मन्त्री भट्टराईले नेपाल एयरलाइन्स भित्रको बेथिति र कमजोरीको दर्शक भएर बसेको आरोप लाग्ने गरेको छ । हवाई माफियाको चंगुलमा नेपालका नागरिक उड्डयन मन्त्रीहरु पर्ने गरेका छन् ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...