
काठमाडौ । नेपाल विद्यार्थी संघको विधान बमोजिम ३२ वर्ष मुनिका विद्यार्थीबाटै केन्द्रीय तदर्थ समिति बनाउनु पर्ने माग राख्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बसेका नवराज त्रिपाठी शुक्रबारबाट अनसन तोडेका छन् । नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको सक्रियतामा ४१ दिनसम्म नेविसंघका विद्यार्थीहरु रिले अनसन बसेका थिए । पार्टी केन्द्रीय कार्यसमितिको माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने दिनदेखि भने नेता नवराज त्रिपाठी नेविसंघको विधानको कार्यान्वयनको लागि भन्दै आमरण अनसन बसेका थिए । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनको कार्यतालिका माघ १४ गते सार्वजनिक गरेपछि स्ववियू निर्वाचनलाई ध्यानमा दिँदै आमरण अनसन स्थगित गरिएको नेता काफ्लेले बताए ।
माघ १३ गते आमरण अनसन शुरु गर्दा पार्टी केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन कार्यालय छिर्दै गरेका सभापति शेरबहादुर देउवाविरुद्ध काफ्ले समर्थित विद्यार्थीले नारा जुलुस गरेका थिए । तर सभापतिमाथि दुव्र्यवहार भएको
भन्दै मनोज बैद्य समूहले अनसनकारीलाई आक्रमण गरेको थियो । हालै मात्र संस्थापनइत्तर पक्षका नेता प्रकाशमान सिंह निकटका विद्यार्थी बैद्यलाई
सभापति देउवाले महामन्त्री बनाउने भनेपछि सभापति देउवाको बिरोधीहरुलाई ठीक लगाउने भन्दै पार्टी कार्यालयमा करिव २ सयको संख्यामा गैरविद्यार्थी लगेका थिए । पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीचको बारम्बारको छलफल र काफ्लेलाई आग्रह गरेपछि त्रिपाठीले आमरण अनसन तोडेको स्रोतले बतायो । त्रिपाठीलाई कुन्दन काफ्लेले जुस खुवाएर अनसन तोडाएका हुन् । शीर्ष नेताहरुले नेविसंघको तदर्थ समितिमा भागबण्डा गर्ने सहमति गरेपछि नेता सिटौला र उनको समूहले गरेको आग्रहलाई काफ्लेले अस्वीकार गरेको कतिपयले टिप्पणी गरेका थिए ।
यसअघि माघ १३ गते पार्टी कार्यालयमा अनसन बसेका त्रिपाठी र उनको समूहमाथि मनोज बैद्य नेतृत्वको टोलीले आक्रमण गरी ४ जना विद्यार्थीलाई घाइते बनाएका थिए । अपरिचित व्यक्तिको आक्रमणबाट घाइते भएका विद्यार्थीको सानेपास्थित स्टार अस्पतालमा उपचार भएको थियो । नेता काफ्लेले भने सभापति देउवाको निर्देशनमा गुण्डा लगाएर कुटपिट भएको दाबी गरेका छन् । उनले आमरण अनसन स्थलमा आक्रमण गर्नेलाई कारबाही गर्न सभापति देउवासमक्ष माग गर्दा समेत सुनुवाई नभएको गुनासो गरे । माघ १३ गते बैद्य समुहको आक्रमणबाट महेन्द्ररत्न क्याम्पस ताहाचलका कमल पन्त, अछामकी लक्ष्मी बोगटी, काठमाडौंका सरोज थापा र आकाश रेग्मी घाइते भएका थिए । बैद्य समूहले प्रहरीको सुरक्षा घेरामा अनसन बसेकाहरुमाथि सोही दिन बेलुकी पुन ५ बजे हेलमेट, गमला, इँटा र ढुंगा प्रहार गरी आक्रमण गरेका थिए । प्रहरीलाई समेत हातपात गरेका बैद्य समुहका विद्यार्थीलाई प्रहरी धपाउन खोज्दा पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीका विद्यार्थीहरुको आन्तरिक झगडा हो, केही गर्नु पर्दैन भनेर बचाउ गरेका थिए । केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा भएको ढुंगा हानाहानबाट बच्न प्रहरीले कांग्रेस पार्टी कार्यालयमा छिर्ने सबै ढोका बन्द गरेको थियो । जसका कारण बैठक कक्षमा जान खोजेका केन्द्रीय सदस्य गोविन्द भट्टराई वाहिरै बस्न बाध्य भएका थिए ।
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...