
काली काली हिस्सी परेकी मेरी प्यारी आमा ।
स्वभाब उनको सरस्वति, नाम उनको रमा
।।
नौ महिना कोखमा राखी मलाइ धर्ति देखायौ ।
नयाँ सृजना गर्नु भन्दै नाम रचना लेखायौ ।।
जगत जननी त्यागको मुर्ति प्रेरणा खानी ।
निर्मल प्यारी सुशील तिमि संसारकि ।।
राजकुमार र परिका कथा सुनाउथिन मेरी आमा ।
बजार जाँदा ल्याउदिन मलाइ सेतो रातो जामा ।।
बाहिर रिस देखाएनि औधी माया गर्ने ।
माफ भन्दै सारा गल्ति अँगालो भर्ने ।।
छोरी बुहारी हुदै आमा संसार सारा रिझाउने ।
हुन्नौ तिमी आमा कहिल्यै कसैको आखामा बिझाउने ।।
छौ अत्यन्त गर्ववान हामि तिम्रो काम देखेर ।
व्यक्त गर्दैछु आफ्नो भावना कविता मार्फत ।।
छोरी मात्र भए भनि नमान्नु है कहिल्यै खिन्न ।
हजुरको परिचय माथि दाग लाग्न कहिल्यै दिन्न ।।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...