कांग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्वन – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

कांग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्वन

काठमाडौं । नेपाली कांग्रेसका उपसभपाति तथा संसदीय दलका नेता विजयकुमार गच्छदारको सांसद पद निलम्वन भएको छ । नेता गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा व्यक्तिको नाममा दर्ता गर्न पदमा बसी भूमिका खेलेको भन्दै भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा बुधबार मुद्धा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्वनमा परेको हो ।

सुनसरीको क्षेत्र नं ३ बाट संघीय संसदमा नेपाली कांग्रेसको तर्फबाट विजयी गच्छदारलाई तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रीको हैसियतले प्रधानमन्त्री निवास समेत रहेको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ । तर गच्छदारले आफू मन्त्री भएर कुनै पनि विषयको निर्णय नगरी मन्त्रिपरिषद्ले गर्ने निर्णयका लागि आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश मात्र गरेको जनाएका छन् ।

गच्छदारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदाफा (१ ) र सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) र सोही ऐनको दफा २४ बमोजिम थप सजाय गरी सोही ऐनको दफा ८ को उपदाफा (१ र दफा १७ बमोजिम विगो असुल उपर र जफत हुने माग दाबी गरेको छ ।

संसद नियमावलीको नियम २४४ मा फौजदारी अभियोग लागेको सांसदले सांसद पदको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने नपाउने र त्यस्तो अवधिभर निजका पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने व्यवस्था छ । तर सांसद गच्छदारमाथि भ्रष्टाचारको अभियोगमा मुद्धा दर्ता भए पछि भ्रष्टाचार निवारण ऐन आकर्षित भएको हो ।

नेपाली कांगे्रसका २३ जनाले संघीय संसदमा प्रत्यक्ष विजयी भएर सांसद बनेका थिए भने ४० जना समानुपातिकबाट सांसद भएका थिए । कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं २ बाट निर्वाचित मोहम्मत अफताव आलमको भने फौजदारी अभियोगमा जेलमा राखिए पनि सांसद पद निलम्वन भएको छैन ।

नेपाली काग्रेसको जनाधार भएको क्षेत्र तराई मधेशका प्रत्यक्ष निर्वाचित सांसदलाई कुनै न कुनै अभियोग लगाएर कांग्रेसको संगठन कमजोर बनाउन लागेको स्रोतले जनायो । यसअघि नै सरकारले रौतहट क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद मोहम्मद अफताव आलमलाई १२ वर्षअघिको मुद्धा ब्यँुताएर पुर्पक्षको लागि थुनामा पठाएको छ भने सुनसरी ३ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद गच्छदारल भ्रष्टाचारको अभियोग लगाइएको छ ।

त्यस्तै, कपिलबस्तुका सांसद अभिषेक प्रताप साहलाई कोही व्यक्तिसँग झगडा गरेको आरोपमा त कहिले नवलपरासीका सांसद देबेन्द्रराज कँडेललाई दुःख दिन विदेशी नागरिक भएको अफवाह फैल्याउने गरिएको छ ।

सम्बन्धित समाचार

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ माघ २८, ०६: २१

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ माघ २८, ०६: २१

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
  • २०७६ माघ २८, ०६: २१

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...