यही १० गते यूकेको शैक्षिक मेला काठमाडौं – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

यही १० गते यूकेको शैक्षिक मेला काठमाडौं

काठमाडौं । एसआई यूके नेपालको आयोजनामा काठमाडौंमा पहिलो पटक भब्य रुपमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मेला हुने भएको छ । विश्वका विभिन्न २३ वटा देशहरुमा शाखा सञ्जाल फैलाएको यस अन्तर्राष्ट्रिय ख्याती प्राप्त शैक्षिक परामर्श संस्थाले वार्षिक ४० हजार भन्दा बढी विद्यार्थीहरुलाई यूके र आयरल्याण्डमा रहेका विश्वका उच्चस्तरीय विश्वविद्यालयहरुमा अध्ययनका लागि मार्ग प्रदान गर्दै आएको यो संस्थाले विगत २०१८ देखि नेपालमा शैक्षिक परामर्श सेवा प्रदान गर्दै आईरहेको छ  ।

विभिन्न देशमा फैलीएको एसआई यूकेले विश्वभरि ५० वटा कार्यालय मार्फत सेवा प्रवाह गर्दै आएको र एसआई यूकेले बेलायतमा १ सय २० वटा भन्दा बढी विश्व विद्यालयमार्फत सहकार्य गर्दै आईरहेको छ ।

विद्यार्थीहरुले सूचना पाउने अधिकारको सुनिश्चितता र विद्यार्थीहरुलाई विश्वविद्यालयका प्रतिनिधिबाट शैक्षिक प्रणाली, छात्रबृत्ति, अध्ययन पश्चात अन्तर्राष्ट्रिय स्तरको रोजगारीको अवसर र यूकेको जीवनशैलीको प्रत्यक्ष रुपमा परामर्श गराउने उद्देश्यले यही फागुन १० गते अर्थात फेब्रुअरी २२ तारिखमा काठमाडौंको होटल अन्नपूर्णमा शैक्षिक मेलाको आयोजना गर्ने आयोजकले बताएको छ ।

मेलामा यूकेका २० वटा भन्दा बढी विश्व विद्यालयको प्रत्यक्ष सहभागिता रहनेछ । मेलामा नेपालको शैक्षिक क्षेत्रमा उच्चपदस्थ विज्ञहरुको समेत सहभागिता रहने र मेलाबाट करिव एक हजार भन्दा बढी विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित पु¥याउने लक्ष्य लिएको बताईएको छ ।

मेलामा सहभागी हुनका लागि अनलाइन फारामको उपलब्धता गराइएको छ र साथमा विद्यार्थीहरुको पहुँचमा सरल तथा सहज रुपमा पुग्ने गरी विभिन्न विज्ञापनको माध्यमबाट दर्ता तथा सम्पर्क गर्नसक्ने सुविधाको व्यवस्था गरिएको छ । साथै, एसआई यूके नेपालको मुख्य कार्यालय पुत्तलीसडकस्थित कृषि विकास बैंकको दोस्रो तल्लामा रहेकोले कार्र्यालयमै आएर पनि जानकारी लिन सकिने कुरा उक्त संस्थाको डाईरेक्टर विनय अधिकारीले बताए ।

हरेक वर्ष पचासौ हजार विद्यार्थीलाई युकेमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएकोले एसआई यूकेको डाटा अनुसार सन् २०१८ मा मात्र ३२ हजार विद्यार्थी यूकेको विश्वविद्यालयमा भर्ना भएको जानकारी डाइरेक्टर बिनय अधिकारीले बताए ।

एसआई यूकेले हरेक वर्ष नेपालमा रहेका गरिब तथा पिछडिएको वर्ग र जेहेनदार विद्यार्थीहरुको लागि स्वदेशमै अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले विशेष प्याकेज बनाएर अगाडि बढ्ने लक्ष्य लिएको बताईएको छ । त्यस्ता विद्यार्थीहरुलाई बेलायतको विश्वविद्यालयमा छात्रवृत्तिको वन्दोवस्त गर्न उक्त संस्थाले निकै ठुलो पहल गरी रहेको पनि उक्त कार्यक्रममा जानकारी दिईयो ।

नेपालबाट विकसित मुलुकका राम्रा विश्व विद्यालयमा अध्ययन गर्न जाने क्रम बढेसँगै पछिल्लो समय एक्ध् (अध्ययन पश्चात पाउने रोजागरीको अवसर) खुल्ला गर्न लागिरहँदा र यूके यूरोपबाट बाहिरिंदा धेरैलाई रोजागारीको सुविधा मिल्ने सम्भावना बढेकाले पनि यूके अध्ययन गर्न जाने विद्यार्थीको आर्कषण ह्वात्तै बढेको बताइन्छ ।

एसआई यूकेले विद्यार्थीहरुलाई अध्ययनको लागि अवसर प्रदान गर्ने मात्र नभई विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा पनि परामर्श दिएर देशको विभिन्न क्षेत्रमा सम्भाव्य अवसरको खोजी गर्ने कार्यमा पनि प्रोत्साहन गर्दै आएको छ । यसरी पहिलो पटक भव्य रुपमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मेला आयोजना यही फागुन १० गतेबाट हुने भएकोले उक्त मेलाको जानकारी दिनको लागि होटल अन्नपूर्णमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७६ फाल्गुन ६, ०९: १६

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७६ फाल्गुन ६, ०९: १६

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७६ फाल्गुन ६, ०९: १६

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...