पहाडमा बुकुरो भएकाको काठमाडौंमा घर किन्ने हैसियत हुँदैन – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

पहाडमा बुकुरो भएकाको काठमाडौंमा घर किन्ने हैसियत हुँदैन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीदेखि संवैधानिक अंगमा रहेका सबै पदाधिकारीको सम्पति छानबिन गर्न माग गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्म दिन मनाउने क्रममा फागुन ११ गते तेह्रथुमको आठराई इवामा केक काटेर भोजभतेर लगाएको भन्दै राज्यको साधन श्रोत दुरुपयोग गर्नु उचित नभएको बताएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले आफ्नो सम्पति छानबिन गर्न सरकारलाई चुनौति दिँदै प्रधानन्यायाधिस र प्रधानमन्त्रीलाई पनि भ्रष्टाचारको विषयमा छानबिन गर्ने अधिकार अख्तियारलाई दिने कानून बनाउन वा शक्तिशाली जनलोकपाल विधेयक ल्याउन माग गरे । उनले प्रधानमन्त्री केपी ओलीको तेह्रथुमको पुख्र्यौली घर वुकुरो नै रहेछ भन्दै जतिसुकै दाबी गरे पनि हाम्रा पहाडका बुकुरा वेचेर काठमाडौंमा घर बनाउन नसकिने बताए ।

उनले प्रधानमन्त्री भए पनि आफ्नो आम्दानीले ठूल्ठूला घर बनाउने क्षमता नपुग्ने भन्दै भट्टराईले सबै पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र मन्त्री तथा न्यायाधीशको सम्पति छानविन गर्न माग गरे ।

उनले यति होल्डिङ्सप्रति सरकारको अनुराग र चाहाना धेरै देखिएको भन्दै हिम्मत भए जोताहा मोही किसानको जग्गा खोसेर यति होल्डिङ्सलाई दिन चुनौति दिए । उनले राजा रजौटाबाट मोही, किसान, गरिव जोताहा किसानको जग्गा खोस्ने सरकारको नीति भएको आरोप लगाउँदै देश भ्रष्टाचारको क्यान्सरले थिलथिलो भएको अवस्थामा वर्तमान सरकरा त्यसको नियन्त्रणको सट्टा पूर्वसरकारमाथि दोषारोपणमा लागेको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले २ वर्षको कार्यकालको समिक्षा गर्दा असहिष्णु, प्रतिशोध र दोषारोपण मात्र गर्न खोजेको टिप्पणी गरे । ‘म मात्रै चोर हो र ? विगतमा अरुले चोरेका थिए ।

अरु पनि चोरहरु छन् भन्ने आशयले प्रधानमन्त्रीले बोल्नु भयो’, भट्टराईले भने, ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति असहिष्णुता हो कि प्रतिशोध ? निषेध होकि अरुलाई दोषारोपण गरेर उम्कन खोज्नु भएको हो ?’ उनले २ तिहाई निकटको प्रधानमन्त्री ओली बलियो भए पनि कमजोर ठान्नु भएको देखिएको र आफ्नो कमजोरी लुकाउन अरुलाई दोष दिन खोजिएको हो कि ? जस्तो देखिन्छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान मन्त्री गोकुल बाँस्कोटालाई अकबर राजा र बीरवल प्रधानमन्त्रीको दृष्टान्त दिँदै प्रधानमन्त्री ओलीको जुँगा उखाल्ने बाँस्कोटालाई नाती झैं माया गरेको जस्तो देखिएको दाबी गरे ।

उनले प्रस्न गरे ‘कतै हाम्रा प्रधानमन्त्री पनि उहाँको जुँगा उखेल्ने व्यक्ति नजिक भएर हो कि ? झुक्किन खोज्नु भएको हो कि बचाउन खोज्नु भएको हो ? होइन भने लोकमान प्रवृत्ति हो ? स्पस्ट पार्नुस लोकमानकै जस्तो तर्साउने र झुकाउने प्रबृत्ति हो ?’

भट्टराईले ओली गृहमन्त्री हुँदा तत्कालिन एमालेका अरिँगाल (कार्यकर्ता) पठाएर २०५१ सालमा खुकुरी हान्न लगाउनु भएको नविर्सिएको र त्यसपछि जनयुद्धमा जान बाध्य भएको बताए । भट्टराईले आफ्नो नेतृत्वको सरकारले मातातीर्थ इचंगु, महादेवस्थान, सतुंगल लगायतको क्षेत्रमा रहेका मोही र जोताहा किसान जनताका र छोराछोरीलाई नेपाल ट्रष्टमा आएको भनिएको जग्गा उनीहरुलाई नै दर्ता गर्ने निर्णय गरेको स्वीकारे ।

उनले २०१६ सालमा बीपी कोइरालाको पालामा उन्मुलन भएको बिर्ता मध्ये केही वाँकी रहेको विर्तालाई २०२६ सालमा मोही र किसानलाई रैकर दर्ता गरी दिने निर्णय भएको जनाए । आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयलाई ललितानिवासको जस्तै भू–माफियाको चलखेल झैं ठान्ने सरकारको दृष्टिकोण नै गलत भएको बताए । उनले सरकारले गु र गोवरमा फरक छुट्याउन नसकेको आरोप लगाए ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७६ फाल्गुन १९, ०७: २१

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७६ फाल्गुन १९, ०७: २१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७६ फाल्गुन १९, ०७: २१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...