काठमाडौं । वि.सं. २०३३ सालमा वीपी कोइरालाले प्रतिपादन गरेका राष्ट्रिय मेलमिलापको अवधारणा अहिले पनि सान्दर्भिक रहेको छ । तत्कालिन अवस्थामा नेपालको प्रजातन्त्र र राष्ट्रिय जोगाउन भारतको निर्वासन छोडेर नेपाल फर्केका दिनलाई कांग्रेसले राष्ट्रिय मेलमिलापको रुपमा मनाउँदै आएको छ । यही क्रममा हिजो ४२औं मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भयो । तत्कालिन अवस्थामा देशको राजनैतिक संकटको समधान जनताबाटै हुनुपर्ने भन्दै उनीहरुलाई सचेत गराउन निर्वासनमा रहेका नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, लगायत पुस १६ गते स्वदेश फर्केका थिए । त्यही दिनको स्मरणमा हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिनको रुपम मनाइन थालिएको थियो । देशको सार्वभौमसत्ता गुम्ने खतरा देखेर प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला लगायतका नेताहरु राजा महेन्द्रसँग मेलमिलाप गर्ने नीति लिएर नेपाल फर्केका थिए तर राजा महेन्द्रले भने विमानस्थ्लमै पक्राउ गरेर सुन्दरीजल जेल पठाए । यद्यपि जननायक वीपी कोइराला भने राष्ट्रियताको पक्षमा सधैँ दृढ रहिरहे । उनले त्यतिबेला प्रतिपादन गरेका राष्ट्रियताको अवधारणा अहिलेको अवसथामा अझ बढी सान्दर्भिक र महत्वपूर्ण बनेको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...