एपीएफले दियो बागमतीलाई २४२ रनको लक्ष्य – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

एपीएफले दियो बागमतीलाई २४२ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले बागमतीलाई २४२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा २४१ रन बनाएको हो ।
एपीएफका लागि सन्दीप जोराले शतकीय पारी खेले। सन्दीपले ११७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ११२ रन बनाए । प्रतियोगितामै यो दोस्रो शतक हो । लोकेश बमले २७ रन बनाए ।
बागमतीका लागि सूर्य तामाङले ३, रिजन ढकाल र प्रतिस जि।सी।ले २–२ र सोनु देवकोटाले १ विकेट लिए ।

 

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० पुष २९, १३: १८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० पुष २९, १३: १८

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० पुष २९, १३: १८

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...