
काठमाडौं । आत्मदाह गर्छु भन्दै सर्वोच्च अदालतभित्र छिरेकी न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
न्यायाधीश गिरीकी पत्नी आरतीले बलात्कार मुद्दामा पतिलाई कारबाहीको माग गर्दै गरिन् आत्मदाह प्रयास प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरे लगतै आरती पनि सर्वोच्च छिरेकी थिइन् ।
सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । भित्र पस्नासाथ शरीरमा पेट्रोल र मट्टितेल खन्याइन् । तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको छ ।
यसअघि जिल्ला अदालत काठमाडौंमा उनले आफ्ना श्रीमान्माथि जुत्ता प्रहार गरेकी थिइन् । आरतीले श्रीमान्विरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...