
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयले सत्ता गठबन्धनभित्र गडबडी उत्पन्न भएको छ । खासगरी उम्मेदवार छनोटमा जनमत पार्टीले असन्तुष्टि जनाएसँगै गठबन्धनमा गडबड आएको हो ।
आइतबार बिहान बसेको बैठकपछि गठबन्धनभित्र बढेको गडबड सार्वजनिक रुपमै छताछुल्ल भएको छ । गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा नाउपा र जनमोर्चासमेतले गरेको साझा आह्वानमा जनमतका पार्टीका अध्यक्ष सीके राउतको हस्ताक्षर छैन । र, अध्यक्ष राउतले बिहान बसेको बैठकबारे आफूलाई कुनै जानकारी नगराइएको बताएका छन् ।
राष्ट्रियसभा चुनावका लागि जनमतले मधेस र लुम्बिनीमा छुट्टै उम्मेदवार अघि सारेको छ ।
त्यस्तै आइतबार बिहान गठबन्धनले जारी गरेको विज्ञप्तीमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट रञ्जिता श्रेष्ठको हस्ताक्षर छ । जबकि, नाउपाको पहिलो अधिवेशनबाट पार्टी अध्यक्षमा रेशम चौधरी निर्वाचित भइसकेका छन् ।
रेशम चौधरी शुक्रवार अध्यक्षमा निर्वाचित भए पनि आइतबार सत्ता गठबन्धनले जारी गरेको संयुक्त अपिलमा पूर्व अध्यक्ष रन्जिता श्रेष्ठ लेनै अध्यक्षको रूपमा प्रतिनिधित्व गरेकी छन् ।
यसले नाउपाभित्र पनि नेतृत्वका विषयमा विवाद भएको प्रष्ट पार्छ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा १९ उम्मेदवारलाई जिताउन ७ दलले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...