भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित हुनुभएको छ । सङ्घको ३६औँ साधारण सभा एवं अधिवेशन २०८० ले धौवञ्जाको अध्यक्षतामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरेको हो ।

सङ्घको आज सम्पन्न अधिवेशनले सङ्घको ५७ वर्षीय इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता गजेन्द्रशङ्कर तिमिलाले जानकारी दिए । उनका अनुसार यसअघि सङ्घका वरिष्ठ उपाध्यक्ष रहेकी धौवञ्जाको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कृष्णमुरारी न्यौपाने, उपाध्यक्षमा गणेशहरि प्रजापति, वस्तुगत उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, एशोसियट उपाध्यक्षमा दिनेश गोसाईं, महासचिवमा नवीन प्रजापति, सचिवमा सचिन्द्र प्रधानाङ् र कोषाध्यक्ष विश्वराम दुवाललाई निर्वाचित गरेको छ ।

सदस्यमा अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, कृतन अवाल, गोकर्ण न्यौपाने, गौतम सुखजु, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानावासु, रुकेश रञ्जित, सुरेन्द्र प्रजापति, श्यामप्रसाद मानन्धर निर्वाचित भएका छन् ।

महिला सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की, वस्तुगत सदस्यमा गणेशभक्त हुँमागाइँ, एशोसियट सदस्यमा जीतेन्द्र खायमली र राजेश त्वानावासु निर्वाचित भएका निर्वाचन समितिका संयोजक तिमिलाले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०८० पुष २९, १५: १३

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०८० पुष २९, १५: १३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०८० पुष २९, १५: १३

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...