
काठमाडौं । असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ माघमा युगाण्डा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहालका साथै उच्च सरकारी अधिकारीहरु रहनेछन् ।
५ माघमा असंलग्न राष्ट्रहरुको सम्मेलनको एउटा सत्रमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने छन् भने सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिमण्डल प्रमुखहरुलाई युगाण्डाका राष्ट्रपतिले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् ।
सम्मेलनका क्रममा प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...