जनकपुरधाम । धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती सख्त घाइते अवस्थामा फेला परेकी छन् ।
महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।
प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित गहुँ खेतमा आज बिहान राधे मृत फेला परेका हुन् । श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।
केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर श्रीमतीसहित राधे निस्केका थिए । त्यही क्रममा राधे मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
राधेसँगै गएका दुई जना साथीहरू भने फरार भएका छन् र उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए । स्थानीयले भने घटना रहस्यम भएको बताएका छन् ।
काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...