नेता सिंहः भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

नेता सिंहः भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौंको मात्रै नभइ देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताए । उनले आफू उपत्यकावासी शुलभ तरिकाले सम्पूर्णलाई पानी उपलब्ध गराएको दिन पूरा खुसी हुने बताए । उनले मेलम्चीको पानी अहिले उद्घाटन गरेको नभइ पुनः वितरणमात्रै गरिएको स्पष्ट पारे ।

उनले भने, मेलम्ची खानेपानी आयोजनाबाट हामी सबैले पाठ सिक्नुपर्छ । हामीले सुधार गर्नुपर्छ । योजना मात्रै ठूलो भएर हुँदैन, व्यवस्थापनमा हाम्रो ध्यान दिनुपर्छ र समयमा काम सम्पन्न गर्ने कार्यमा हामी लाग्नुपर्छ भन्ने पाठ सिकाएको छ । प्रधानमन्त्री ‘ज्यू’ यो काठमाडौं उपत्यकाको मात्रै होइन, नेपालभरकै यो ग्राउन्ड वाटरको जुन एक्स्ट्रयाक्शन बढी भइरहेको छ, त्यसमा अब सरकारले विशेष ध्यान दिनुपर्छ । म पूरा खुसी उपत्यकावासीलाई सुलभ तरिकाले गर्न सकेको दिनमा हुनेछु । यो पुनः वितरण गर्ने कार्य हो, उद्घाटन होइन ।

नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजना मात्रै ठूलो बनाउने नभए त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा बढी जोड दिनुपर्ने बताए ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ १, ११: ४५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ १, ११: ४५

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ १, ११: ४५

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...