सरकारले ६ महिनामा उठायो ५१५ अर्ब राजस्व – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

सरकारले ६ महिनामा उठायो ५१५ अर्ब राजस्व

काठमाडौं । चालु आर्थिक वर्षको आधा समय सकिंदा सरकारले ५१५ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्ज संकलनको लक्ष्य राखेको थियो । यसको ७७ प्रतिशत संकलन ६ महिनामा भएको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए ।

उनका अनुसार पुस महिनामा मात्र १३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो महिनामा आयकरको पहिलो किस्ता ९४ [प्रतिशत] संकलन हुन्छ । सोहीकारण सरकारले १८८ अर्ब रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । तर, संकलन भने ५४ अर्ब रुपैयाँ कम भएको छ ।

राजस्व संकलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भने १२ प्रतिशत हाराहारीले बढी भएको उनले जानकारी दिए । गत वर्ष पुस मसान्तसम्म ४ खर्ब ५९ अर्ब रुपैयाँ रजस्व उठेको थियो । सरकारले चालु आवमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस वर्ष सरकारले गत आवको तुलनामा ४० प्रतिशतभन्दा माथिको वृद्धिदर हुने अनुमानसहित लक्ष्य निर्धारण गरेको थियो । प्रवक्ता शर्माले यसअनुसार यस वर्ष पनि लक्ष्य भने पूरा नहुने देखिएको बताए ।

के मा देखियो असर ?
यस वर्ष आन्तरिक अन्तःशूल्कमा सबैभन्दा बढी कमी देखिएको उनले बताए । ‘आयातमा गत आव र यस वर्ष उस्तै प्रकृतिमा राजस्व गिरावट छ,’ उनले भने, तर यस वर्ष आन्तरिक अन्तःशूल्कमा भने सबैभन्दा धेरै गिरावट आएको छ ।’

आन्तरिक अर्थतन्त्र विस्तार भइरहेको संकेत राजस्व वृद्धिदरले गरेको भन्दै उनले आगामी ६ महिनाका लागि अर्थ मन्त्रालयले अब थप रणनीति बनाउने उनले बताए । ‘यो अर्थ मन्त्रालयको मात्र काम नभई समग्र सरोकारवाला निकायको जिम्मेवारी हो,’ उनले भने, ‘सोही अनुसार हामी रिभ्यू गर्छौं ।’

उनका अनुसार चुरोट र वियरबाट संकलन हुने अन्तःशूल्क प्रभावित भएको छ । यसमा विद्युतीय चुरोटको प्रभाव देखिएको हुन सक्ने भन्दै यसमा पनि रिभ्यू गर्नुपर्ने उनी बताउँछन् । भन्सारमा विद्युतीय सवारी साधनको आयात राम्रो हुँदा अपेक्षित राजस्व संकलन हुन नसकेको विश्लेषण अर्थ मन्त्रालयको छ ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ १, ११: ४४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ १, ११: ४४

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ १, ११: ४४

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...