सन् २०२३ मा चार वर्षयताकै धेरै नेपाली चिकित्सकहरु विदेशिए – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

सन् २०२३ मा चार वर्षयताकै धेरै नेपाली चिकित्सकहरु विदेशिए

काठमाडौं । सन् २०२३ मा चार वर्षयताकै धेरै नेपाली चिकित्सक विदेशिएका छन् । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको पछिल्लो वार्षिक प्रगति विवरणमा सो वर्ष दुई हजार ५०० बढीले असल चारित्रिक प्रमाणपत्र लिएको उल्लेख छ ।

सन् २०२३ मा दुई हजार ५८२ जनाले असल चारित्रिक प्रमाणपत्र (गुड स्टयाण्डिङ सर्टिफिकेट) लिएका छन् । जुन चार वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी हो ।
सन् २०२० मा एक हजार ८७ जनाले सो प्रमाणपत्र लिएकोमा सन् २०२१ मा एक हजार ५०२ जनाले लिएका थिए । यस्तै, २०२२ मा दुई हजार १८९ ले सो प्रमाणपत्र लिएका हुन् ।

सबैभन्दा धेरै अमेरिकाका लागि एक हजार ८८८ जनाले असल चारित्रिक प्रमाणपत्र लिएका छन् । दोस्रोमा यूकेका लागि एक हजार ५७८ जनाले सो प्रमाणपत्र लिएका छन् ।

यीबाहेक चिकित्सक धेरै जानेमा माल्दिभ्स, भारत, यूएई, अष्ट्रेलिया लगायत मुलुक रहेको काउन्सिलको विवरणमा उल्लेख छ । सो प्रमाणपत्र विदेश अध्ययन, काम गर्न जान र नेपालमै समेत बढुवाका लागि प्रदान गर्ने गरिएको छ ।

बाहिरिने चिकित्सको संख्या

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ १, १२: ४३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ १, १२: ४३

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ १, १२: ४३

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...