
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गरेर नेपाली जनताको अधिकार कार्यान्वयन गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई आग्रह गरेका छन् ।
माघी पर्वको अवसरमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता, संघीय समितिका सभापतिसहितलाई राष्ट्रपति कार्यालयमा बोलाइ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको संविधान उत्कृष्ट भएर पनि नेपाली जनताले यसको लाभ उठाउन नपाउदा केही निराशा देखिएको बताए । उनले नेपालीले मात्र नभएर विदेशीले समेत नेपालको संविधानलाई प्रशंसा गरिरहेको बताए ।
“यहाँ आएपछि जति पनि मित्रराष्ट्रका प्रतिनिधिसँग भेट भएको छ, उहाँहरूले नेपालको संविधानलाई मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ, उपेक्षित र उत्पीडित वर्गलाई दिएको अधिकारका क्षेत्रमा यो संविधान दक्षिण एसियाको मात्र होइन संसारकै उत्कृष्टमध्यमा पर्छ,” राष्ट्रपति पौडेलले भने, “यसलाई कार्यान्वयनमा ल्याउनु छ । तपाईंहरूलाई आग्रह अनुरोध छ, कानुन बनाएर संविधानले दिएका अधिकार कार्यान्वयन गर्न पहल गरिदिनुस् ।”
उनले भने, “संविधानले दिएका अधिकार कार्यान्वयनबाहेक नेपाली जनताको अर्को चाहना नभएको र अपेक्षित अधिकारहरु नपाउँदा निराश भएका हुन्, संविधानप्रति उहाँहरूको सम्मान छ ।”
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरूमै आएर अर्घाखाँचीका लागि निस्किएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भए ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...