शिक्षक र शिक्षिकालाई रोस्टर भर्ने अवसर – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

शिक्षक र शिक्षिकालाई रोस्टर भर्ने अवसर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले रोस्टर भर्नका लागि आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले शिक्षक रोस्टर भर्ने र भराउने सम्बन्धी सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डद्धारा सम्पादन हुने परीक्षा सम्बन्धी कार्यका लागि विवरण पेस गर्न भनेको हो ।

(प्रश्न पत्र निर्माण, प्रश्न पत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण र संपरीक्षण, परीक्षा पर्यवेक्षण प्रयोगात्मक परीक्षाको वाह्य परीक्षक, प्रशिक्षक प्रशिक्षण) लगायत अन्य कार्यहरूमा सहभागी हुन इच्छुक शिक्षकहरूको विवरण (रोस्टर) अद्यावधिक गर्न सक्ने बोर्डले जनाएको छ ।

कक्षा ११ र १२ मा अध्यापनरत इच्छुक शिक्षक र शिक्षिकाहरूले आफू सहभागी हुन चाहेको क्षेत्र, अध्यापनरत विषय, विशिष्टीकृत विषय र अध्यापन अनुभव वर्ष उल्लेख गरी माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित विद्यालयमा बुझाउनु पर्नेछ ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ २, ११: ४७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ २, ११: ४७

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ २, ११: ४७

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...