
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीको नाम फेर्न प्रस्ताव गरेका छन् । उनले पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्न प्रस्ताव गरेका छन् ।
यसअघि बसेको पार्टीको स्थायी कमिटी बैठकमा पेश गरेको प्रस्तावमा उपमहासचिव शर्माले भनेका छन्— पार्टीको नाम फेर्नुका साथै पार्टीको प्रदेश अध्यक्ष केन्द्रीय समितिको (पोलिट्ब्यूरो) बैठकमा उपस्थित हुन पाउने व्यवस्था गरिनुपर्छ ।
यस्तै उनले सबै तहका पदाधिकारीहरू प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था बनाउनुपर्ने प्रस्ताव गरेका छन् । उपमहासचिव शर्माको ८ बुँदे प्रस्तावलाई पूरक प्रस्तावको रूपमा चर्चा गरिएको छ ।
यी हुन् उनका प्रस्तावहरू—
१. पार्टीको प्रदेश अध्यक्ष केन्द्रीय कमिटीको (पोलिट्ब्यूरो) बैठकमा उपस्थित हुन पाउने
व्यवस्था विधानमा राख्ने ।
२. सबै तहका पदाधिकारीहरू प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने ।
३. सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्नुपर्ने ।
४. पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने ।
५. जबससम्बन्धी नीति, पार्टीको मार्गदर्शक सिद्धान्त र नीतिलाई स्वीकार गरेर सङ्गठन निर्माण, सुदृढीकरण, परिचालन, पेशागत हकहित र सङ्घर्षका क्षेत्रमा स्वायत्तता प्रदान गर्ने ।
६. जबस प्रमुखहरूको संयोजन समिति बनाइ पार्टीको वैचारिक र योजनागत सम्प्रेषण गर्ने व्यवस्था गर्ने ।
७. सरकार सञ्चालन गर्नका लागि आवश्यक पर्ने नीति निर्माण गर्न समन्वय समिति बनाउने ।
८. जिल्ला समितिको कार्यक्षेत्र वैचारिक राजनैतिकरसङ्गठन निर्माण, सुदृढीकरण तथा परिचालन र आर्थिक उत्पादन रोजगारीरविकास निर्माण र सरकारसम्बन्धी काम र सामाजिक सांस्कृतिक रूपान्तरण एवम् सामाजिक न्यायरअनुगमन र मूल्याङ्कन हुनुपर्ने ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...