वित्तीय सुशासन जोखिम मुल्यांकनमा मरिण पहिलो – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

वित्तीय सुशासन जोखिम मुल्यांकनमा मरिण पहिलो

सिन्धुली । जिल्लाको मरिण गाउँपालिका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्यांकनमा देशभरमा पहिलो भएको छ । हालै सार्वजनिक भएको नतिजामा आर्थिक वर्ष २०७९/८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा मरिणले देश भरका ७५३ स्थानीय तह मध्येमा पहिलो स्थान हासिल गर्न सफल भएको हो ।

एक सय पूर्णाङ्कमा ९७ दशमलव ५ अंकका साथ वित्तिय सुशासन जोखिम मूल्यांकनमा मरिण प्रथम भएको हो ।
यस्तै दैलेखको भगवतिमाई गाउँपालिकाले ९५ अंक प्राप्त गरि दोस्रो स्थान हासिल गरेको छ भने सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाले ९२ अंक सहित तेस्रो स्थान प्राप्त गरेको छ ।

यस्तै दुधौली नगरपालिकाले ८८ अंक सहित सातौं स्थान प्राप्त गरेको छ । यो मुल्यांकनमा ५ वटा क्षेत्रलाई आधार मानी नम्बर प्रदान गरिदै आएको छ । योजना कार्यक्रम तथा बजेट व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मुल्यांकन तथा लेखापरिक्षण र राजस्व व्यवस्थापनलाई आधार मानी मुल्यांकन गरिदै आएको छ ।
यसैगरि मरिण गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांंकनमा बाग्मति प्रदेशमा प्रथम भएको छ । ९४ दशमलव ७५ अंकका साथ स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा बाग्मति प्रदेशमा प्रथम भएको हो । मरिणले देशभरमा आठौं स्थान प्राप्त गरेको छ ।

घ्याङ्लेख गाउँपालिकाले स्थानीय तह संस्थागत मुल्यांकनमा बागमति प्रदेशमा दोस्रो स्थान र देशभरमा अठारौं स्थान हासिल गरेको छ । घ्याङलेखले ९० दशमलब ५ अंक प्राप्त गरेको छ ।

स्थानीय तह संस्थागत स्वमुल्यांकनमा महोत्तरीको महोत्तरी गाउँपालिका १०० अंक सहित देशभरमा पहिलो भएको छ भने पाँचथरको फिदिम नगरपालिका ९९ दशमलब ५ अंक सहित दोस्रो भएको छ ।

 

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ २, १२: ४८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ २, १२: ४८

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ २, १२: ४८

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...