
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । भन्सारकै नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा. टोकराज पाण्डेका अनुसार सोमबार बिहान ६ बजेदेखि भन्सारको चेकजाँचमा सशस्त्र प्रहरी खटिन थालेका हुन् । हाल आगमन कक्षको वाक थ्रु गेट क्षेत्रमा भन्सारलाई सशस्त्र प्रहरीले सहयोग गर्नेछ ।
सुरक्षा संवेदनशीलता, कामको बढ्दो चुनौतीलगायत विशेष आवश्यकतालाई मध्यनजर गरी सशस्त्र प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस अन्तिम साता यससम्बन्धी निर्णय गरेका थिए । इन्स्पेक्टरको कमान्डमा ३० जनाको टोली परिचालन हुनेछ भने एक सिफ्टमा पाँच सशस्त्र प्रहरी ड्युटीमा खटिनेछन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...