टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र र टीकापुर नगरपालिकाद्वारा जारी ‘टीकापुर नगरपालिकामा करार प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५’ को ठाडो उल्लंघन गर्दै दुई चरणमा १८ जना कर्मचारी भर्ना गरेको खुलासा भएको छ।
नगरपालिकाले मंसिर २५ र २६ गते ११ जना सरसफाइ कर्मचारी तथा पुस २१ गतेको कार्यपालिका बैठकबाट थप ७ जना कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेको हो । ७ जना कर्मचारीमा एकजना असिस्टेन्ट सव–इञ्जिनियर, एकजना पाँचौं तह सहायक र पाँचजना कम्प्युटर अपरेटरमा भर्ना गरिएका हुन्।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ उपदफा ६ मा ‘स्थानीय तहको सेवा सञ्चालनको लागि अस्थायी दरबन्दी सिर्जना गर्न सकिने छैनु उल्लेख गरिएको छ । सोही दफाको उपदफा ८ मा ‘गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्टिसियन, चौकीदार, माली, बगैंचे र सरसफाई सम्बन्धी पदमा स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाका आधारमा सेवा करारबाट मात्र लिनुपर्नेछ । सो बाहेकका अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न पाइने छैन’ भनिएको छ ।
स्थानीय तहले जथाभावी कर्मचारी भर्ना गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ गते सबै स्थानीय तहका नाममा परिपत्र गर्दै ‘मासिक डोर र ज्यालादारी कर्मचारीहरु सम्बन्धमा’ विषयक पत्र लेख्दै त्यसरी नियुक्त गरिएका कर्मचारीले खाएको तलब भत्ता, पारिश्रमिक भुक्तानी गर्न नमिल्ने र भुक्तानी भए प्रचलित कानुनविपरीत भई बेरुजु हुने हुँदा बेरुजु भएको उक्त रकम पदाधिकारीबाट असुल उपर हुने व्यहोरा’ उल्लेख गरिएको छ ।
यता, टीकापुर नगरपालिकामा करार प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ को दफा ४ को उपदफा १ मा प्राविधिक कर्मचारी राख्दा सेवा क्षेत्र तथा सम्बन्धित सेवा समूहको योग्यता, पारिश्रमिक सेवा शर्त समेत तोकी कम्तीमा १५ दिनको सूचना प्रकाशित गर्नुपर्ने उल्लेख छ ।
सोही दफाको उपदफा ३ मा श्रेणीबिहिन बाहेकका कर्मचारीहरुको सर्ट लिस्ट, लिखित, मौखिक वा प्रयोगात्मक कुनै विधि प्रयोग गरि नियुक्ति गरिने उल्लेख छ । कार्यविधिको दफा ५ मा कर्मचारी छनौट गर्दा सूचिकरण समिति रहने र सो समितिमा प्रमुख प्रशासकीय अधिकृत संयोजक, नगर पालिकाको विषयगत शाखा प्रमुख सदस्य र प्रशासन शाखा प्रमुख सदस्य रहने कुरा उल्लेख छ । नगरपालिकाले दुई चरणमा नियुक्त गरेका कर्मचारीहरु भने कार्यपालिकाको निर्णयबाट गरिएको हो।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...