पशुपतिको जलहरी भ्रष्टाचारमा मुछिएका सदस्य सचिव थापा ३ लाख धरौटीमा रिहा – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

पशुपतिको जलहरी भ्रष्टाचारमा मुछिएका सदस्य सचिव थापा ३ लाख धरौटीमा रिहा

काठमाडौं । विशेष अदालतले पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा. प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ २, १५: २८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ २, १५: २८

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ २, १५: २८

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...