प्रधानमन्त्रीले सचिवालयको आकार घटायो – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

प्रधानमन्त्रीले सचिवालयको आकार घटायो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयको आकार घटाइएको छ । सोमबारदेखि सचिवालयबाट १३ जनालाई हटाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले जानकारी दिए ।

सचिवालयको काम प्रभावकारी नभएको गुनासो आएपछि आकार सानो बनाइएको सचिवालयले जनाएको छ । पाँच जना स्वकीय उपसचिव, एक जना स्वकीय शाखा अधिकृत, दुई जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई बिदा गरेको सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलाई पत्रमार्फत जानकारी गराएको छ ।

बिदा हुनेमा स्वकीय उपसचिव नारायण प्रसाद ढुङ्गाना, रमेश प्रसाद गुरागाईँ, ओम कुमारी पौडेल, सावित्री कुमारी अधिकारी र कल बहादुर नाथ रहेका छन् । यसै गरी बिदा हुनेमा स्वकीय शाखा अधिकृत लाले कुमाल, प्रशासन सहायक युवराज शाह र रामलाल पराजुली, कम्प्युटर सहायक वासुदेव शर्मा र खडक योगी, कार्यालय सहायक अविनाश वाइबा, हलुका सवारी चालक रमेश प्रसाद घिमिरे र पवित्र बहादुर शाही रहेका छन् ।

सचिवालयबाट बिदा गरिएका कर्मचारीको विवरण

प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो कार्यकाल एक वर्ष पुगेको दिन सचिवालयलाई चुस्त बनाउने घोषणा गरेका थिए । एक वर्ष सन्तोषजनक काम नभएको भन्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्ने सोचमा पनि रहेकाछन् ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ २, १६: १४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ २, १६: १४

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ २, १६: १४

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...