नेपाल संवत् लेख्न ७५३ वटै स्थानीय तहलाई सरकारको पत्र – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

नेपाल संवत् लेख्न ७५३ वटै स्थानीय तहलाई सरकारको पत्र

काठमाडौं । सरकारले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई आफ्नो लेटर हेडसहितका कागजातमा नेपाल संवत् समावेश गर्न निर्देशन दिएको छ।

यससँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिससलाई मंगलबार पत्राचार गरेको हो।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले स्थानीय तह र जिससलाई गरेका पत्राचारमा स्थानीय तहका लेटरहेडलगायतमा नेपाल संवत् उल्लेख गरेको नपाइएकाले कार्यान्वयन गर्न पत्राचार गरेको बताए।

मन्त्रिपरिषद्ले गत कात्तिक २७ गते विक्रम संवत् उल्लेख हुने सरकारी कागजातमा नेपाल संवत् अनिवार्य लेख्ने निर्णय गरेको थियो। सरकारले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख भएका कागजातमा नेपाल संवत् अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ ३, १०: ४०

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ ३, १०: ४०

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ३, १०: ४०

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...