
काठमाडौँ । नेपाली काँग्रेसले जिल्ला खटिने केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण दिने तयारी गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार जिल्ला खटिने नेताहरूलाई अभिमुखीकरण दिन लागिएको हो ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार माघ ७ गतेदेखि माघ २२ गतेसम्म समुदायमा काँग्रेस अभियान चलाउने केन्द्रीय समितिले निर्णय अनुरूप जिल्ला खटिने प्रतिनिधिलाई अभिमुखीकरण दिन लागिएको हो ।
काँग्रेसले गत कात्तिकमै समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने भने पनि त्यसबेला स्थगित गरिएको थियो। पुस १५ मा बसेको केन्द्रीय समिति बैठकले समुदायमा काँग्रेस अभियान माघ ७ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो।
जिल्ला खटिने नेताहरूलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतले ७७ जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिने कार्यतालिका छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...