
काठमाडौं । एक बालिकाले मात्र चार वर्षको उमेरमा त्यस्तो काम गरेर देखाएकी छन् जुन ठुला मानिसले पनि सहजै गर्न सक्दैनन् । यही कारणले ति बच्चीको चारैतिर चर्चा भइरहेको छ ।
हालै जारा नामकी एक बालिका संसारकै अग्लो हिमाल सगरमाथाको बेसक्याम्पसम्म पुगेकी छन् । यसरी उनी सबैभन्दा कम उमेरमा माउन्ट एभरेष्टको बेसक्याम्प पुग्ने बालिका बनेकी छन् ।
उनी आफ्नो बुवा र सात वर्षको दाईसँग यहाँ पुगेकी हुन् । जारा १७ हजार ५९८ फिट ऊचाईमा स्थिति बेस क्याम्पसम्म कठिन यात्रा गरेर पुग्न सफल भएकी हुन् ।
जाराका बुवा डेविड सिफराको भनाईअनुसार उनले आफ्ना बच्चाको अक्सीजनको मात्रा पनि चेक गरिरहेका थिए र उनीहरुको तस्वीर पनि लिइरहेका थिए ।
डेविडका अनुसार, “चढ्ने क्रममा कुनै पनि समस्या भएन । केही चीज छोडेर सानी जारा धेरै यात्रुलाई पछि पार्दै अगाडि पुगेकी थिइन् ।”
मात्र चार वर्षकी जारा शारीरिक तथा मानसिक रुपमा यति धेरै बलियो कसरी छन् रु भन्ने प्रश्नमा उनका बुवाको भनाई थियो, जारा मेलियामा हुर्किएकी हुन् त्यसैले साना साना हाइक गरिरहेकै थिइन् । जसले गर्दा उनले विश्व कीर्तिमान बनाइन ।
यसअघि सबैभन्दा कम उमेरमा माउन्ट एभरेष्टको बेस क्याम्पसम्म पुग्ने रेकर्ड पाँच वर्षका प्रिशा लोकेश निकजुको नाममा थियो । उनी सन् २०२३ मा त्यहाँसम्म पुगेका थिए ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...