बागमति प्रदेशमा गठबन्धनको पल्ला भारी – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

बागमति प्रदेशमा गठबन्धनको पल्ला भारी

मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचको मिति नजिकिदै गर्दा को निर्वाचित होला भनेर हिसाबकिताब सुरु हुन थालेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सदस्य सभा निर्वाचनका लागि बागमती प्रदेशमा ४ जना निर्वाचित हुँदै छन् । यसको लागि ६ वटा राजनीतिक दलका १५ जनाको उम्मेदवार चुनावी मैदानमा छन् ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार छन् । एमालेले अन्य समूहबाट चितवनका त्रिलोचन निर्मल पौडेल, महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मा र अपाङ्गतातर्फ विवेक देवकोटा उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार बनाएको छ ।

प्रदेशको ५ हजार ८३० र स्थानीय तहको ४ हजार ५०३ गरेर यहाँ कुल १० हजार ३३३ मतभार छ । बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन छ । गठबन्धनका तीन पार्टीसँग मात्रै ६ हजार ७७० मतभार छ । अन्तरघात भएन भने सत्ता गठबन्धनको उम्मेदवारको पल्लाभारी हुनेमा दुईमत छैन ।

सत्ता गठबन्धनबाहिर रहेका एमाले, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ४५ सांसद छन्। प्रदेश सभातर्फ ५३ मतभारले प्रतिपक्षी दलहरूको कुल मतभार २ हजार ३८५ मात्रै हुन आउँछ । स्थानीय तहका प्रमुख, उपप्रमुखको संख्या २३८ रहेकोमा दोलखाको गौरीशंखर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको गत असार ३१ गते हृदयघातका कारण मृत्यु भएको थियो। जसका कारण एक मतदाता संख्या कम छ ।

यसरी बागमती प्रदेशको कुल मतदाता २३७ हुन् । मतभार १९ रहेको स्थानीय जनप्रतिनिधिको बागमतीमा ४ हजार ५०३ मतभार रहेको छ। जसमा स्थानीय तहतर्फ गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका १०७ (गौरीशंखर गाउँपालिका उपाध्यक्षको मृत्यु भएको), माओवादी केन्द्रका ५७, नेकपा एकीकृत समाजवादीका ९ जनप्रतिनिधि छन् ।

सत्ता गठबन्धनमा आवद्ध १७३ जना स्थानीय तहका जनप्रतिनिधिको १९ मतभारले ३ हजार २८७ मतभार हुन आउँछ। यसबाहेक प्रतिपक्षमा एमालेका ६० र अन्य ४ दलका जनप्रतिनिधि गरी ६४ जनप्रतिनिधि छन्। जसमा प्रतिपक्षी दलहरुको १ हजार २१६ मतभार हुन आउँछ । यसरी बागमती प्रदेशको १ सय १९ स्थानीय तहको कुल मतभार ४ हजार ५०३ रहेको छ ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ ४, १४: २६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ ४, १४: २६

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ४, १४: २६

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...