कालीगण्डकी कोरिडोरको काम धमाधम हुँदैः सचिव शर्मा – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

कालीगण्डकी कोरिडोरको काम धमाधम हुँदैः सचिव शर्मा

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले कालीगण्डकी कोरिडोरलाई दुई वटा आयोजनामा विभक्त गरेर काम भइरहेको जानकारी दिएका छन् ।

बिहीबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले कालीगण्डकी कोरिडोरलाई दुई वटा आयोजनामा विभक्त गरेर काम भइरहेको भन्दै अबको दुई वर्षभित्र नारायणघाट गैँडाकोटदेखि मालढुङ्गासम्म कालोपत्रे सडक निर्माण भइसक्ने जानकारी दिए ।
उनले भने,‘ कालीगण्डकी कोडोरलाई दुई वटा आयोजनामा विभक्त गरेर काम गरिएको छ । एउटा गैँडाकोटदेखि मालढुङ्गा अर्थात पर्वत र बाग्लुङको सीमा मालढङ्गासम्म हुनेगरी २ सय ४० किलोमिटर । मध्य राम्दी रानीमहलसम्म ट्रयाक खुल्न बाँकी थियो, त्यो खुलेको छ । गैँडाकोटदेखि राम्दीसम्म कालोपत्रे करिब १ सय ३२ किमी करिब सम्पन्न भइसकेको छ । १९ किमी रहेको राम्दीदेखि रानीमहलसम्मको ठेक्का कालोपत्रे गर्ने चरणमा हामी छौँ । अबको दुई वर्षभित्र नारायणघाट गैँडाकोटदेखि मालढुङ्गासम्म कालोपत्रे सडक निर्माण भइसकेको हुनेछ ।’

उनले कालीगण्डकीमा बेनीदेखि माथि पहिरो जाने, कतै कडा चट्टान र हिजोआज जाडो मौसमका कारण कामको प्रगति न्यून रहेको जानकारी दिए । त्यस्तै यस वर्षको बजेट ३७ अर्बले घटेर आएको र कन्ट्रयाक्टरहरु हिँड्न थालिसकेको बताए ।

सचिव शर्माले हुम्लाको सिमकोटमा सेना र सडक विभागले ट्रयाक खोल्ने काम गरेको भन्दै हिल्सासम्म ट्रयाक खोल्न चिनियाँ सरकारको सहयोग लिएको बताए ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ ४, १६: ४५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ ४, १६: ४५

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ४, १६: ४५

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...