
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनबाट बनेको वर्तमान सरकारको गतिविधिले देश बर्बाद हुँदै गएको र देश जोगाउनका लागि ०८४ सम्म कुर्न नसकिने अवस्थासमेत आउन सक्ने बताएका छन्।
बिहीबार पार्टी सम्बद्ध खेलकुद संगठनको कार्यक्रममा बोल्दै गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन् । उनले जनताको बलमा सरकारविरूद्ध आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुन बाट जोगाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।
‘एकपल्ट एकजनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ । यिनीहरूको सबैको घाँटी एकैठाउँमा जोडिएको छ । यिनीहरूको घाँटीमात्रै होइन सिंगै शरीर जोडिएको छ,’ उनले भने, ‘अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ् द सेम फिगर फ्लाइ टुगेदर । यी एकै वंश, एकै नश्लका हुन् । र यी भ्रष्टाचार वंशका हुन् । यी कमिसनतन्त्रीय वंशका हुन् । यिनको गोत्र निकम्मा गोत्र हो । यिनको जात देशद्रोही हो। यी एकैखालका हुन्। त्यसकारण यी एकै ठाउँमा बस्छन्। हामीले जनताको बलमा आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुन बाट जोगाउनुपर्ने आवश्यकता छ ।’
अध्यक्ष ओलीले मिसन ८४ पर्खिन नसक्ने अवस्था आउने बताएका छन् । उनले भने, ‘यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न ।’
ओलीले अहिलेको गठबन्धन लोभीपापीहरुको मिलेमतो भएकाले यसलाई भत्काउन गाह्रो हुने भन्दै आन्दोलनबाट सरकार हटाउन प्रयास गर्ने आशय व्यक्त गरे ।
‘छोटो, ३ दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनमा उत्रिन पर्ने हुन सक्छ । उनीहरुले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्छन्’, ओलीले भने । अहिलेको गठबन्धन देशका लागि हानिकारक रहेको भन्दै उनले समय घर्किनुअघि नै निर्णायक कदम चाल्नुपर्ने बताए ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...