आज दुईवटा संसदीय समितिका बैठक बस्दै – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

आज दुईवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा अन्र्तगतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिहान ११ बजे बैठक बोलाएको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा बस्ने बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका विषय कार्यसूचीमा राखिएको छ ।

बैठकमा ती आयोजनाको अहिलेसम्मकोे भौतिक तथा वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण भावी कार्ययोजनाबारे छलफल हुने संसद सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समितिको बैठक भने मध्यान्ह १२ बजे बोलाइएको छ । बैठकमा समितिगत विषयमा छलफल गरिने कार्यसूची छ ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ ५, १०: २३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ ५, १०: २३

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ५, १०: २३

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...