आईसीसी यू–१९ क्रिकेट विश्वकपको १५औं संस्करण आजदेखि – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

आईसीसी यू–१९ क्रिकेट विश्वकपको १५औं संस्करण आजदेखि

काठमाडौँ । आईसीसी यू–१९ क्रिकेट विश्वकपको १५औं संस्करण दक्षिण अफ्रिकामा आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने विश्वकप माघ २८ (फेब्रुअरी ११) सम्म चल्ने छ ।
विश्वकपका खेलहरू पोचेस्ट्रम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना गरिने छ भने सबै खेल नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछन् ।

विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । समूह ’ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ’बी’ मा भने इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह ’सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन् ।

विश्वकपको पहिलो दिन आज समूह ’ए’ का आयरल्यान्ड र अमेरिकाबीच तथा समूह ‘बी’ मा दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल हुँदैछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।

नेपालले भने आफ्नो पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । यू–१९ विश्वकपका सबै ४१ वटा खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने आईसीसीले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ ५, ११: ३८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ ५, ११: ३८

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ५, ११: ३८

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...