
काठमाडौँ । सरकारले बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि जग्गा दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कलेज पूर्वाधार निर्माणका लागि महोत्तरी नगरपालिका–४ माइस्थानको सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टरको जग्गा उपलब्ध गराएको हो ।
जग्गा उपलब्ध भएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण अगाडि बढ्ने छ । सरकारले मेडिकल कलेज निर्माणका लागि बर्दिबासमा पूर्वाधार विकास आयोजनाको कार्यालय समेत २०७६ वैशाखमा स्थापना गरेको थियो ।
आयोजनाका अनुसार २०७७ कात्तिक २० वातावरणीय परीक्षण मूल्याङ्कन (ईआईए) वन मन्त्रालयबाट स्वीकृत भइसकेको छ । यस्तै २०७८ असोजमा कलेज निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) शिक्षा मन्त्रालयमा पेश भइसकेको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...