
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व छली गरेको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ । बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा विभागको टोलीले छापा मारी दुई करोड नगदसहित उनलाई पक्राउ गरेको हो । उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ । अग्रवालको साथबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ ।
अग्रवाल सुन र हुन्डी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागका एक अधिकारिले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो । उनी क्रिप्टोकरेन्सीमा समेत संलग्न रहेको विभागको अनुमान छ । अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...