काठमाडौं । तगलिवी जमातमा सहभागी भएको आशंकामा नेपाल सरकारले खोजी गर्दै जाँदा उदयपुरको भुल्केस्थित मस्जिदमा पहिलो पटक १२ जना मुश्लिम धर्म गुरुमा कोरोना भाईरस पोजेटिभ भेटिएपछि सरकारको ध्यान यतिवेला उदयपुरमा बढी केन्द्रीत भएको छ ।
मस्जिदबाटै संक्रमण फैलन सक्ने आशंकामा सरकारले ठूलो सख्यामा परिक्षणको मात्रा बढाएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार हालसम्म भुल्के क्षेत्रका तीन सय २० जना स्थानियको पिसिआर प्रविधिबाट स्वाबको परिक्षण संकलन शुरु गरेको हो ।
उदयपुरको भुल्के क्षेत्रबाट मंगलबार एकै दिनमा पिसिआर प्रविधिबाट परिक्षणको लागि एक सय जनाको नमुना परिक्षण गरिएको हो । पहिलो पटक त्रियुगा नगरपालिकाको भल्केस्थित मस्जिदमा रहेका १२ जना मुश्लिम समुदायमा कोरोना भाइरस पोजेटिम परिणाम आएपछि मंगलबार पनि थप एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको सख्या ३२ पुगेको छ भने ४ जना निको भएर घर फर्किएका छन् ।
मश्लिम समुदायबाटै बीरगंजमा कोरोना भाइरसको संक्रमितहरुको सख्या बढेपछि सरकारले सो क्षेत्रमा ट्ेसिंग र टेष्टको अभियानलाई तिव्रता दिएको छ । बिरगंज महानगरपालिका क्षेत्रका दुई सय २१ जनाको पिसिआर प्रविधिबाट स्वाब परिक्षणको लागि नमुना संकलन भएको स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पिसिआर प्रविधिबाट आठ हजार सात सय ६३ र आररडीटी प्रविधिबाट २७ हजार नौं सय ५६ जनाको नमुना परिक्षण गरिएको छ । दुवै प्रविधिबाट नमुना संकलन पश्चात परिक्षण गरिएकाको सख्या ३६ हजार सात सय १९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी सुदूर पश्चिम प्रदेशबाट ६ हजार एक सय ७७ को नमुना परिक्षण गरिएको छ । सबैभन्दा थोरै नमुना परिक्षण ५ नम्वर प्रदेशमा गरिएको छ । यहाँ आरडीटी प्रविधिबाट हालसम्म २ हजार ४ सय ८३ जनाको नमुना परिक्षण गरिएको छ ।
हालसम्म १ नम्वर प्रदेशमा आरडीटी प्रविधिबाट नमुना परिक्षण गरिएको सख्या २ हजार ६ सय २० रहेको छ । २ नं प्रदेशमा ३ हजार ५ सय ९८, वागमती प्रदेशमा ५ हजार १ सय ५७, गण्डकी प्रदेशमा ४ हजार १ सय ८३ र कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ को नमुना परिक्षण गरिएको छ ।
कोरोना भाइरसको संक्रमणको आशंकामा हालसम्म क्वारेन्टाइनमा बस्नेको सख्या सात हजार ६७ रहेको छ भने आइसोलेसनमा बस्नेको सख्या १ सय ७ रहेको छ । उपत्यकामा ६ जनालाई मात्र आइसोलेसनमा राखिएको छ ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...