काठमाडौं । प्रदेश नं १ को राजधानी विराटनगर र धनकुटामा पहिलो पटक तीन जनामा कोरोना संक्रमण प्रमाणित भएको छ । योसँगै नेपालमा संक्रमितको सख्या बढेर दुई सय ९५ पुगेको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणबाट विराटनगर निवासी २९ वर्षिय महिला र ३६ वर्षे पुरुष तथा धनकुटाकी ३४ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
मोरङ र धनकुटामा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो । हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकको वाह्रविसेकी २९ वर्षिय महिला र वाँके नरौनापुरका २५ वर्षे पुरुषको निधन भइसकेको छ ।
कोरोना संक्रमित भएकामध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म २९ वटा जिल्लामा कोरोना संक्रमितहरु भेटिएको छ ।
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...