फागुन देखि बन्द हुँदै गोपीकृष्ण सिनेमा हल – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

फागुन देखि बन्द हुँदै गोपीकृष्ण सिनेमा हल

काठमाडौं । फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने भएको छ ।

गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो ।

प्रबन्ध निर्देशक नीरक पौडेलका अनुसार कोरोना कालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको हो ।

२०५२ सालदेखि सञ्चालनमा आएको हल औपचारिक रूपमा मंगलबारदेखि बन्द गरिएको निर्देशक निरक पौडेलले जानकारी दिए ।
स्थापना भएको यो हलमा शुरुमा १८ सयभन्दा बढी दर्शक क्षमता थियो । २ वटा पर्दाबाट सुरु गरेर ७ वटा पर्दासम्म पुगेको गोपीकृष्ण मुभिजले ४ वटा पर्दा भएको भवन २ वर्ष अगाडि नै भत्काएर मल बनाउने तयारी गरेको थियो । तर, अहिलेसम्म मलको काम पनि सुरु भएको छैन ।

पछिल्लो ‘रेड’, ‘ब्लू’ र ‘ग्रिन’ नाममा तीन पर्दा सञ्चालन गरेपनि दर्शकको सहभागिता भने न्युन रहँदै आएको थियो ।

गत महिना काठमाडौं महानगरले कर तिर्न ताकेता गरेको थियो ।

स्थानीय कर र चलचित्र विकास बोर्डको शुल्कप्रति असन्तुष्टि जनाउँदै चलचित्र संघको आह्वानमा गत सोमबार देशभरका सिनेमा हल बन्द गरिएको थियो ।

सम्बन्धित समाचार

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०८० फाल्गुन १, ११: ३७

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०८० फाल्गुन १, ११: ३७

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...

लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
  • २०८० फाल्गुन १, ११: ३७

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...