४२ जिल्लाका ६ सय ३ जनामा कोरोना संक्रमण, आइतबार १९ जना थपिए – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

४२ जिल्लाका ६ सय ३ जनामा कोरोना संक्रमण, आइतबार १९ जना थपिए

PC: People’s Health Movement- Google

कठमाडौं । नेपालमा कोरोना संक्रमित आइतबार १९ जना थपिएर ६ सय ३ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार हालसम्म ४२ जिल्लामा संक्रमित देखिएका छन् । आइतबार मोरङ, वारा, पर्षा, सर्लाही, रुपन्देही, काठमाडौं, कपिलबस्तु, गुल्मी र नुवाकोट जिल्लामा संक्रमित थपिएका हुन् ।
बीरगंजका २५वर्षे, पर्षा ठेगाना भएका ३४ वर्षे, बारा कलैयाका ३२ वर्षे, पर्षा नागवा ठेगाना भएका कलैयाममा कार्यरत ६० वर्षे पुरुष र मोरङको बारदशीका ३४ वर्षे पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएको छ ।
त्यस्तै, रुपन्देहीको सम्मरीमाई ४ का ४० र ५० वर्षका २ पुरुष, रुपन्देहीकै ३२ वर्षे पुरुष, रुपन्देही गैडहवा ३ का २३, ३० र ४० वर्षे पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षे पुरुष, कपिलबस्तु खैरातीका ३५, ३७ र ५२ वर्षका ३ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
कठमाडौंको सोह्रखुट्टेका ६९ वर्षे पुरुष, गुल्मी मदानेका का ३१ वर्षे पुरुष र नुवाकोट ककनीका ३९ वर्षे पुरुषमा पनि कोरोना संक्रमित भएको पुष्टी भएको छ ।
केरोना संक्रमितको सख्या बढेसँगै उपचारपछि घर फर्कनेको सख्या पनि नेपालमा बढेको छ । आइतबार मात्र बीरगंज, वारा र रौतहटका ७ जना नारायणी उपक्षेत्रीय अस्पतालबाट डिष्चार्ज भएका छन् । त्
बुटवल धागो कारखानाका १० जना मजदुर निको भइस घर फर्किएका छन् । आइतबार १७ जना कोरोना संक्रमणलाई जितेर निको भइ घर फर्किएसँगै डिष्चार्ज हुनेको सख्या ८७ भएको छ ।
स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म ४२ जिल्लामा संक्रमण फैलिएको छ । जसअनुसार प्रदेश १ का ७ जिल्लामा ८६ जना, प्रदेश २ का ८ वटै जिल्लामा १ सय ७९ जनामा संक्रमण पुष्टी भएको छ ।
वागमति प्रदेशका ११ जिल्लामा ३४ जना, गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना, प्रदेश ५ का ७ जिल्लामा २ सय ८७, कर्णाली प्रदेशका २ जिल्लामा ४ जना र सूदुरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जना कोरोनाका संक्रमित छन् ।
हाल १ सय २३ जना आइसोलेसनमा छन् भने ३९ हजार ४ सय ४ जना क्वारेन्टाइनमा छन् । पिसिआर प्रविधिबाट ४८ हजार ८ सय १५ जनाको कोरोना भाइरसको संक्रमण भए नभएको विषयमा नमुना परिक्षण भइसकेको छ ।

सम्बन्धित समाचार

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ जेष्ठ ११, १७: ०७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ जेष्ठ ११, १७: ०७

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...

थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
  • २०७७ जेष्ठ ११, १७: ०७

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ...