एकै दिन १ सय १४ लाई कोरोना संक्रमण, संक्रमित ८ सय ८६ पुगे – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

एकै दिन १ सय १४ लाई कोरोना संक्रमण, संक्रमित ८ सय ८६ पुगे

कठमाडौं । नेपालमा आज वुधबार एकै दिन एक सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले देशभर संक्रमितको सख्या बढेर ८ सय ८६ पुगेको जनाएको छ ।
बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाव परिक्षणबाट सप्तरीको बोदेबर्साइनका ८ जनामा, बलान विहुलमा २ जनामा, सुरुङ्गामा १ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
यस्तै, कोशी अस्पताल विराटनगरमा भएको परिक्षणबाट झापाको गौरादह नगरपालिकामा २६ र ४१ वर्षका २ जना पुरुषमा र कचनकवल गाउँपालिकाका १९ देखि ५७ वर्षसम्मका १५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ ।
हेटौंडाको किटजन्य प्रयोगशालामा गरिएको परिक्षणबाट मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिकाका २५ वर्षे महिलामा र रौतहटको गढीमाईका १७ देखि २९ वर्ष उमेरका ७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
पोखरा अस्पतालमा गरिएको परिक्षणबाट बागलुङको तमानखोलाका २१ वर्षे २ जना र २७ वर्षे २ जनामा, बडीगाउँ गाविसमा १९ र २० वर्षका २ जना पुरुषमा संक्रमण देखिएको छ ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको परिक्षणबाट रुकुम पूर्वको पृथा उत्तरगंगा गाउँपालिकामा ३ जना, दाङको घोराही उपमहानगरपालिकामा ७ जना, लमहीमा ८ जना जनामा संक्रमण पुष्टी भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणबाट वाँकेको दुध्वामा २ जना, राप्ती सोनारीमा ७ जना, बैजनाथपुरमा ६ जना र खजुरामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणबाट सिरहाको सिद्धिचरणमा १, सिरहा बस्ने सप्तरी रुपनीका १, बारा प्रसौटा नगरपालिकाका ७ र रौतटह घर भइ वाराको प्रसौटा बस्ने १ जनामा संक्रमण देखिएको छ ।
टेकुमा गरिएको परिक्षणबाट रौतहटमा भने २८ जनामा संक्रमण पुष्टी भएको छ । जसअनुसार गौरका १ महिला र ७ पुरुषसहित ८ जनामा, देवाही गोनाहीमा २ जनामा, कटरिया नगरपालिकामा २ जनामा, जनता माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका १४ जनामा मदरसामा २ जना कोरोना पुष्टी भएको छ ।
नेपालमा कोरोना संक्रमित देखिएको ४ महिनामा आज सबैभन्दा बढी संक्रमित देखिएका हुन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित ८ सय ८६ मध्ये ७ सय ९६ जना पुरुष र ९० जना महिला छन् ।
कोरोना संक्रमण देशका ४७ जिल्लामा फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले प्रदेश ५ मा ३ सय ६५ जना, प्रदेश २ मा ३ सय २५ जना, प्रदेश १ मा १ सय ३ जना, वागमती प्रदेशमा ३९ जना, कर्णाली प्रदेशमा २५ जना, सुदूरपश्चिममा १७ र गण्डकी प्रदेशमा १३ जनामा संक्रमण पुष्टी भएको छ ।
संक्रमितमध्ये हालसम्म १ सय ८३ जना डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ४१ ज्ना महिला र १ सय ४२ जना पुरुष रहेका छन् । आज नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा रहेका पर्षाका २१ ज्ना, कोशी अस्पतालको आइसोलेसनमा रहेका उदयपुरका ४ जना, शुशील कोइराला प्रखर अस्पतालमा रहेका वाँकेका २ जना र बर्दियाका १ जना डिष्चार्ज भएका हुन् ।
हल देशभर ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ सय ९९ जना आइसोलेसनमा रहेका छन् । हालसम्म पिसिआर प्रविधिबाट ५८ हजार २ सय ७७ जनाको परिक्षण भइसकेको छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ जेष्ठ १४, १७: ४६

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ जेष्ठ १४, १७: ४६

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ जेष्ठ १४, १७: ४६

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...