गेटका प्रहरीले छोडेः संसदको हलमा छिर्न खोज्दा मर्यादापालकले रोके – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper
संसदको सुरक्षामा प्रहरीको हेलचेक्र्याइँः ठूलो अनिष्ट टर्यो

गेटका प्रहरीले छोडेः संसदको हलमा छिर्न खोज्दा मर्यादापालकले रोके

काठमाडौं । संवेदनशिल क्षेत्रको सुरक्षार्थ खटिएका प्रहरी नेतृत्वले हेलचेक्र्याइँ गर्दा सोमबार नेपालको संसदमा झण्डै अनिष्ट निम्तियो।

संसद भवन परिषरको सुरक्षार्थ खटिएका प्रहरीले लघुवित्तपीडित ४९ जनालाई गेटबाट संसद भवन छिर्न दिँदा झण्डै ठूलो दुर्घटना भयो ।

प्रहरीलाई भित्रबाट वोलावट भएको छ भन्दै दुई\चार जना गर्दै भित्र पसेका लघुवित्तपीडितहरु जव नारा जुलुस गर्न थाले अनिमात्र प्रहरीले थाहा पायो । तर त्यो बेलासम्म ढिलाई भइसकेको थियो ।

नारा जुलुस गर्दै संसदको सभाकक्ष भित्र नाराजुलुस गर्दै पीडितहरु भित्र प्रवेश गरेको भए, नेपालको संसदीय इतिहासमा मात्र होइन, प्रहरीको कमजोर सुरक्षा प्रणालीले देशकै बेइज्जत हुने थियो ।

संसद परिषरमा मर्यादा कायम गर्न खटिएका मर्यादापालकले देशमा हुनै लागेको सम्भावित अनिष्टबाट मुलुकलाई बचाए । मर्यादापालकले उनीहरुलाई नछेकेको भए अनिष्ट मात्र होइन, ठूलो दुर्घटना नै हुन सक्थ्यो ।

सुरक्षा प्रणालीमा एकदमै कमजोर र केटाकेटी खेल जस्तै गरेर बुझ्ने प्रहरीका गैरजिम्मेवार अधिकृतहरुलाई विधिको शासन कायम हुने देशमा यतिवेला निलम्वन गरि कष्टडीमा हुलिन्थ्यो ।

तर, यतिवेला प्रहरीका हाकिमहरु प्रहरीलाई लघुवित्तपीडितले झुक्याए भन्दै पन्छिन खोजेका छन्। संसद भवनभित्र कसैले बोलाएको छ भन्दैमा सर्वसाधरणलाई प्रवेश गर्न प्रहरीले आजसम्म दिएको रेकर्ड छैन ।

बोलाउने व्यक्ति, कारण र पास भएर मात्र हुन्न । त्यहाँ नाम ठेगाना र मोबाईल नम्वर टिपाएर र राखेर जानु पर्छ ।

संसद चलेको दिन संसद भित्रै नाराजुलुस गर्न वातावरण बनाउने प्रहरीलाई दण्ड र नियन्त्रण सहज ढंगले गर्न सकेकोमा मर्यादापालकलाई पुरस्कृत गर्नु पर्छ ।

हाल नेपालमा कुनै दुर्घटना वा क्षति भए पछि अध्ययन समिति बनाउने, प्रतिवेदन ग्रहण गर्ने अनि अध्ययन गर्दैछु भनेर झुलाउने प्रबृत्ति बढ्दै गएको छ ।

संसद भवन रहेको नयाँ वानेश्वर क्षेत्र आफैमा निषेधित क्षेत्र हो । त्यसमा पनि संसद भवन नै छिरेर नाराजुलुस गरेको यो सम्भवत पहिलो घटना हो । संसद भवनमा प्रवेश गरेको आरोपमा प्रहरीले ४८ महिला र १ पुरुष गरी ४९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु महानगरिय प्रहरी बृत्त नयाँवानेश्वरमा राखिएको छ। पहिले संसद परिषरमा पस्न दिने अनि पछि पक्राउ गर्ने प्रहरीको नेतृत्वले गल्ती नश्विकारे वा दोषीलाई कारबाही नगरे नेपालको संसद नेपाल प्रहरीको सुरक्षा प्रणालीबाट जोखिममा रही रहने प्रष्ट देखिन्छ ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०८० फाल्गुन १४, १७: २२

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०८० फाल्गुन १४, १७: २२

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०८० फाल्गुन १४, १७: २२

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...